Saturday, November 23सत्यम खबर
Shadow

दक्षिण देउखुरी अधिकार मन्चको अन्तरक्रिया

दुख हरण यादव
गढवा, १६ पौष – दक्षिण देउखुरी अधिकार मन्चले राजपुरमा रहेका आफ्ना कृसक समुहसंग अन्तरक्रिया तथा छलफल गरेको छ ।

राजपुर गाउँपालिका वडा नं २ गहिरामा रहेको आशा कृषक समुह, दक्षिण देउखुरि अधिकार मन्च र राजपुर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहितको समुह बिच दक्षिण देउखुरि अधिकार मन्चले गर्दै आएको काम, कृषक समुहले गरेको काम, उनको समस्याका साथै स्थानिय सरकार संग गरेको अपेक्षाको लगायतको बिसयमा त्रिपक्षिय छलफल भएको छ ।

आशा कृषक समुहकि अध्यक्ष दुर्गाकुमारी चौधरीको सभापतित्व र राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा किसानले दक्षिण देउखुरी अधिकार मन्चले समुह स्थापना गरेर दिगो जिबिकोपार्जन, सचेतना तथा सिप बिकास गर्नमा धेरै सहयोग गरेको बताएका थिए ।

२०६६ सालदेखि समुह बनाएर प्रति ब्यक्ति मासिक ५ रुपैयाका दरले नियमित बचत गर्दै आएको समुहको अहिले ३ लाख ३१ हजार ३१ रुपैया बचत रहेको छ । उक्त बचत रकम समुह कै सदस्यहरुलाई सहुलियत दरमा आयाअर्जन गर्नमा लगानि गर्ने गरेको समुहका सचिव मुरलि चौधरीले बताए ।

अन्तरक्रिया कार्यक्रममा आशा कृषक समुहका महल चौधरीले गाउँपालिकाको काम प्रति असन्तुष्टि जनाउँदै गाउँपालिकाको कृषि शाखाबाट बितरण गरिएको घास असमान भएको बताउँदै यो क्षेत्र वडाबाट धेरै टाढा रहेकोले अनुदान र निशुल्क रुपमा उपलब्ध गराइने कृशि सामाग्रीको पहुचबाट आफुहरु बन्चित रहेको बताए । उनले गाउँपालिकालाई यस क्षेत्रमा मासिम जेटिए तथा पशु शिबिर सन्चालन गराइदिन माग गरे ।

त्यसै गरि आशा कृषक समुहकी निबर्तमान अध्यक्ष कृष्ण श्रेष्ठले गाउँपालिकाकाले समुहको भवन बनाइदिन आग्रह गरिन ।

त्यसै गरि मन्चले राजपुर गाउँपालिका वडा न ३को लालि गुराँस कृसक समुहको महिला भवनमा समुह सदस्य संग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

लालिगुराँस कृसक समुहको अध्यक्ष राजकुमारि घर्तिले समुहको स्थापना कालदेखि मासिक २ रुपैया बचत उठाएर बचत गर्दै आएको अहिले समुहमा ४ लाख बढि बचत रहेको बताइन । उनले समुहको सदस्यलाइ उपचार खर्च, छात्राबृति, सिप बिकास तथा गाउँमा बाटो खन्ने काम गरेर पुर्बाधार बिकासमा हाम्रो समुहले सहयोग गरेपनि वडाबाट खासै कुनै पनि सहयोग नपाएको गुनासो गरिन । त्यसै गरि स्थानिय जेष्ठ महिला तथा समुह सदस्य रामकुमारी घर्तिले महिलाहरु मिलेर बनाएको महिला भवनमा सामुदायिक बनका पदाधिकारीले घरको झ्याल ढोका फोडेर असहयोग गर्दा पनि स्थानिय सरकार चुप लागेको बताइन ।

त्यसै गरि कार्यक्रममा स्थानिय राम प्रताव यादवले हाम्रो समुहको कागजी तथा कानुनि प्रक्रियाको कारणले स्थानिय सरकारले दिने सेवा सुबिधा लिन न सकेकोले सिप बिकास, संस्थागत बिकास तालिम आवस्यक रहेको बताए ।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसिले कृशक समुहले गरेको मागहरुलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सम्बोधन गरेको बताउँदै बिधि र प्रक्रिया पुर्याएर आएका माग पुरा गर्न गाउँपालिका सकारात्मक रहेको बताए ।

त्यसै गरि राजपुर गाउँपालिकाकी अध्यक्ष धनपति यादवले समय धेरै न रहेपनि कृसक समुहलाई यहि आर्थिक बर्षसम्म गाउँपालिकाबाट आवश्यक बजेट ब्यबस्था गर्न पहल गर्नु पर्ने बताइन । साथै उपाध्यक्ष यादवले महिला तथा बालबालिकाको लागि आफु सदैब सहयोग गर्न तयार रहेको बताइन ।

कार्यक्रममा दक्षिण देउखुरी अधिकार मन्चका अध्यक्ष देव राज कुंवर, उपाध्यक्ष चित्रबहादुर खड्का, राजपुर गाउँपालिका महिला तथा बालबालिका शाखाकी कमला पुलामि, पशु शाखा प्रमुख टिका राना, सुचना अधिकृत शरद रेग्मि, स्थानिय राम कुबेर यादव, पत्रकार दुख हरण यादव, दक्षिण देउखुरी अधिकार मन्चकी पुजा चौधरी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजिकरण दक्षिण देउखुरी अधिकार मन्चकी सामाजिक परिचालक मनिता चौधरीले गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *