
नेपालगन्ज, १५ पौष – विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ नेपाल)का निर्देशक डा. घनश्याम गुरुङ, डब्लुडब्लुएफ नेपाल कि गुडबिल एम्बेस्डर वरिष्ठ गायिका आनी छोईङ डोल्मा र आठ बिलियन टिरिजका हरित हेमन्तले संयुक्त रुपमा सितल चिनिको बिरुवा नेपालगन्जको सोल्टी होटल परिसरमा लगाएका छन् ।

सितल चिनिको बारेमा गायिका आनिले आफू अफ्रिका घुम्न गएको बेला थाहा पाएको र यो स्वास्थ्यका लागि निकै फाईदा जनक एक सुपर फुड भएको बताएकी थिईन ।
त्यही मोरिङ्गाको बिरुवा आज लोसार जस्तो शुभ दिनमा लगाउन पाउँदा निकै खुसी भएको बताईन । डब्लुडब्लुएफका निर्देशक डा. घन सरले रुख नै जीवन हो, यो रुखले हामीलाई नेपालगन्ज स्मरण गराई रहने बताउनुभयो ।

संरक्षणका क्षेत्रमा हामीले सबैलाई चेतना दिन निकै जरुरी रहेको बिरुवा लगाउँदा गुरुङले बताएका थिए र बिरुवा लगाउन जुराएकोमा हरित हेमन्तलाई धन्यवाद दिएका थिए ।

