Friday, May 1सत्यम खबर
Shadow

जेष्ठ नागरिकमैत्री नेपालगन्ज बन्दैं

नेपालगन्ज, १२ पौष – नेपालगन्ज उपमहानगरपालिकालाई जेष्ठ नागरिक मैत्री बनाइने भएको छ । त्यसका लागि जेष्ठ नागरिक क्लव तथा क्लव सञ्जाल गठना लागि कार्यविधि मस्यौदा निर्माण भईरहेको छ ।
मस्यौदामाथी सुझाव संकलनको काम समेत सुरु भएको छ । प्रथम राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर उपमहानगरपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम तथा सुझाव संकलन कार्यक्रमबाट वडा नम्बर २ का वडा अध्यक्ष सुनील सिंह हमालको संयोजकत्वमा जेष्ठ नागरिकका प्रतिनिधी सम्मिलित मस्यौदा तयारी कार्यदल गठन गरिएको छ ।


नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले जेष्ठ नागरिकको सवालमा उपमहानगरपालिका सधै गम्भिर रहेको बताउँदै जेष्ठ नागरिकले उठाएका माग सम्बोधन गर्न तयार रहेको बताउनुभयो ।
उपप्रमुख उमा थापा मगरले नेपालगन्जलाई जेष्ठ नागरिक नगर बनाउन काम थालिएको बताउनुभयो । उपमहानगरपालिकाले जेष्ठ नागरिकको सेवा सुविधा लगायतका विषयमा नीतिगत निर्णय गर्न थालेको जानकारी दिदै उहाँले भविष्यमा यसको सकारात्मक प्रतिफल प्राप्त हुने बताउनुभयो ।
उहाँले जेष्ठ नागरिकले समाजका लागि महत्वपूर्ण योगदान दिएको भन्दै उनीहरुको सेवा सुविधाका लागि कुनै कसर बाँकी नराख्ने स्पष्ट पार्नुभयो ।


नेपालगन्ज उपमहानगरपालिकाका महिला वालवालिका तथा जेष्ठ नागरिक महाशाखा प्रमुख शोभा शाहले जेष्ठ नागरिकले पाउनुपर्ने सेवा सुविधाका लागि नीतिगत निर्णय गर्ने, भेरी सम्वद्ध सरोकारवालाहरुसँग अन्तरक्रिया गर्ने, भेरी अस्पतालमा जेष्ठ नागरिक वार्ड स्थापना गर्ने, जेष्ठ नागरिकहरुको विशेषज्ञ समूह गठन गरि स्थानीय तहले उपयोग गर्न सक्ने लगायतका विषयमा छलफलमा उठेको बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिकामा वडास्तरमा जेष्ठ नागरिक क्लव गठन भई क्रियाशिल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *