Tuesday, June 2सत्यम खबर
Shadow

शान्ति समाज बाँकेकाे साधारण सभा सम्पन्न

नेपालगन्ज, १० पाैष – नेपाल मानव अधिकार तथा शान्ति समाज बाँके शाखा नेपालगन्जले “मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव र सहिष्णुता” मूल नाराका साथ आज शनिवार आफ्नो वार्षिक साधारण सभा तथा गुणस्तरीय स्वास्थ्य सेवा र बैज्ञानिक शिक्षा सवैको अधिकार विषयक अन्तर सम्वाद कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल मानव अधिकार तथा शान्ति समाज बाँके शाखाका सभापति तथा वार्षिक साधारण सभा तथा गुणस्तरीय स्वास्थ्य सेवा र बैज्ञानिक शिक्षा सवैको अधिकार विषयक अन्तर सम्वाद कार्यक्रमका सभाध्यक्ष प्रभाकर भट्टराईको अध्यक्षतामा, नेपालगन्ज उद्योग बाणिज्यसंघ नेपालगन्जका निर्वतमान अध्यक्ष तथा कसौंधन बैश्य समाज बाँकेको अध्यक्ष नन्दलाल बैश्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शाखाका उपाध्यक्ष प्रेमकुमार शर्माले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

शाखाका सचिव देवेन्द्रनाथ शुक्लाद्वारा सञ्चालित कार्यक्रममा गुणस्तरीय स्वास्थ्य सेवा र बैज्ञानिक शिक्षामा विचार व्यक्त गर्नेहरु प्रायः नेपाल सरकारले निःशुल्क स्वास्थ्य सेवामा हेर्ने हो भने एउटा सिटामोलको लागी स्वास्थ्य चौकी लगायत सम्बन्धित निकायमा सजिलैसँग उपलव्ध हुन सकिरहेको छैन । यसरी शिक्षा तिर पनि त्यस्तै रहेको, सरकारी बिद्यालयहरुमा नेपाल सरकारले परिपक्क भएका शिक्षकलाई नियुक्ति गरी अध्यापन गर्न लगाउँछ तर प्राइभेट बोर्डिङ्ग स्कूल कलेजहरुमा कम पढेका शिक्षकहरुबाट अध्यापन गराई रहेका हुन्छन् ।

यसरी स्वास्थ्य सेवातिर यस्तै छ, सरकारी अस्पताल, स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुले ५–१० जना बिरामीहरुको जाँच गर्छन् अनि उहाँहरुलाई थकाई लाग्छ, प्राइभेट क्लिनिक थकाई लाग्दैन यसमा दुर्गम क्षेत्रको पहाडतिर डाक्टरहरुले जान मन गर्दैनन् र समय समयमा अनुगमन गर्नु पर्ने लगायतका बारेमा विभिन्न वक्ताहरुले विचार राखेका थिए ।

सो कार्यक्रममा नेपाल मानव अधिकार तथा शान्ति समाज केन्दिय उपसभापति कृष्ण रावल, महराजा माध्यमिक बिद्यालयका पूर्व प्राधानाध्यापक श्यामबिहारी गुप्ता, निर्वमान सभापति कृष्णादेवी पाण्डेय, शाखाका सल्लाहकार विष्णुलाल कुम्हार, समाजसेवी जयकेश सिंह, पत्रकार चन्देश्वरराज त्रिपाठी, नारायण माध्यमिक बिद्यालय नेपालगन्जका बिद्यार्थी अनिलकुमार भुजवा लगायतले आ–आफ्ना बिचार राखेका थिए ।

बन्द सत्रमा शाखाका कोषाध्यक्ष जहिरुलहक जीनूले आर्थिक प्रतिवेदन र शाखाको गतिविधिको जानकारी प्रस्तुत गर्नु भएको थियो । संस्थाका आजीवन सदस्य घनश्याम गुप्ता, रमेशचन्द्र प्रजापति, उपाध्यक्ष प्रेमकुमार शर्मा, मेघबहादुर बिष्ट, नमिता श्रेष्ठ, निर्वतमान सभापति कृष्णादेवी पाण्डेय लगायतले राखेका जिज्ञासाको जवाफ केन्द्रिय उपसभापति कृष्ण रावल र शाखाका सभापति प्रभाकर भट्टराईले दिनु भएको थियो ।

कार्यक्रममा साधारण सदस्य र आजीवन सदस्यता बिस्तार गर्नुपर्ने लगायतका विषयमा छलफल समेत गरिएको थियो । सो कार्यक्रममा शाखाका काजल शर्मा, अल्पना बैश्य, घन श्याम गुप्ता लगायतको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *