Monday, April 20सत्यम खबर
Shadow

अवैध काठ बरामद, घरमालिक खाँ फरार

डुडुवा, २४ मंसिर – डुडुवा गाउँपालिका वडा नं. २ जाफरपुर्वाबाट अवैध काठ बरामद गरिएकाे छ ।

विशेष सुचनाकाे आधारमा नेपालगन्ज सव-डिभिजन वन कार्यालय राँझा, झाेरा सामुदायिक वन उपभाेक्ता समितिका पदाधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीकाे संयुक्त टाेलीद्वारा डुडुवा गाउँपालिका वडा नं. २ जाफरपुर्वाका कमाल खाँकाे घर भित्र लुकाई राखेकाे अवस्थामा अवैध काठ बरामद गरिएकाे जनाईएकाे छ ।मंसिर २३ गते विहिबारका दिन काठ बरामद गरिएकाे थियाे । बरामद काठ ३१.७/६ क्युफुट गाेलिया भएकाे तथा काठकाे बजार मूल्य एक लाख बढी पर्ने जानकारी गराउँदै कमाल खाँ हाल फरार रहेकाे सवडिभिजन वन कार्यालयद्वारा जनाईएकाे छ ।

अवैध बरामद काठकाे मुचुल्का उठाई मुद्दा अनुसन्धान प्रक्रियामा रहनुका साथै फरार घरमालिक कमाल खाँकाे खाेजी कार्य भईरहेकाे जनाईएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *