
अजय मिश्र
कृष्णनगर, २३ मंसिर – कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर बजारको मुटु भनेर चिनिने गोलघरमा भारतमा बुधबार सैन्य हेलिकप्टर दुर्घटना हुँदा ‘चिफ अफ डिफेन्स’ विपिन रावत, उनकी पत्नीसहित १३ जनाको मृत्यु भएकोप्रति कृष्णनगरका युवाद्वारा मोमबत्ती बाली श्रद्वाञ्जली अर्पित गरिएको छ l
भारतमा बुधबार एउटा सैन्य हेलिकप्टर दुर्घटना हुँदा ‘चिफ अफ डिफेन्स’ विपिन रावत, उनकी पत्नीसहित १३ जनाको मृत्यु भएको छ । रावत भारतकै पहिलो ‘चिफ अफ डिफेन्स’ हुन् ।भारतीय वायुसेनाका अनुसार एमआई–१७ भी ५ हेलिकप्टर दुर्घटना भएको थियाे ।
उक्त श्रद्वाञ्जली व्यक्त गर्दा इण्डो नेपाल सामाजिक मञ्चका अध्यक्ष अकरम पठान, जसपा नेपाल कृष्णनगर नगरपालिका वडा नं ३ कमिटी अध्यक्ष नदिम अरशद इदरिसी, अन्तर्राष्ट्रिय मानवधिकार एसोसिएशनका डिस्ट्रिक्ट अध्यक्ष वृजेशकुमार गुप्ता, नेकपा (माओवादी केन्द्र) कृष्णनगर नगरपालिका वडा नं २ कमिटी अध्यक्ष अजय गोयल (डब्बु), सलमान समर, राजन मौर्य, विनय शर्मा, जीवन श्रीवास्तवलगायतको सहभागिता रहेको थियो ।
