Wednesday, April 22सत्यम खबर
Shadow

सुरक्षा गार्ड कृष्ण जिसी ‘ब्राउनसुगर’ सहित पक्राउ

नेपालगन्ज, २२ मंसिर नेपालगन्ज उपमहानगरपालिकाका सुरक्षा गार्ड ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
वीपीचोक नजिकै रहेको जिल्ला शिक्षा इकाई अगाडिबाट सुरक्षा गार्ड कृष्ण जिसी आज बुधबार बिहान पक्राउ परेको प्रहरीद्वारा जनाईएको छ ।


प्रहरीका अनुसार जिसीलाई तीन ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो । नेपाली सेनाका अवकास प्राप्त जिसी राती उपमहानगरपालिकामा डिउटी गरेर त्यही सुतेका थिए । उपमहानगरपालिकाको आवासबाट निस्केका जिसी केही बेरपछि ब्राउन सुगरसहित पक्राउ परेका थिए ।
जिसीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लागुऔषध ब्राउन सुगर कारोबारमा नेपालगज्ज यस क्षेत्र कै प्रमुख शहरको रुपमा गनिने गरेको छ ।
सीमावर्ती शहर भएकाले भारतबाट ब्राउनसुगर खरिद गरेर यही शहरबाट अन्यत्र कारोबार हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *