Thursday, April 23सत्यम खबर
Shadow

युवा लक्षित कार्यक्रमलाई एकै ठाँउ केन्द्रित गर्नुपर्छ : मन्त्री अथक

नेपालगन्ज, १० मंसिर – युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक)ले युवा लक्षित कार्यक्रमहरुलाई एकै ठाँउ केन्द्रित गर्नुपर्ने बताउनु भएको छ ।
युवाहरुको नाममा वर्षेनी राज्यको करोडौं रकम खर्च हुने गरेको भए पनि उक्त रकम लक्षित वर्गसम्म पुग्न नसकेको तर्फ ईगिंत गर्दै मन्त्री अथकले युवा लक्षित गतिविधिहरुलाई एउटै संयन्त्रमा ल्याउनु पर्ने बताउनु भएको हो ।
मन्त्री अथकले प्रधानमन्त्री स्वरोजगार कार्यंक्रम, गरिबि निवारण कोष र आफ्नो मन्त्रालयको मातहतमा रहेका युवा परिषद तथा युवा एवम् साना व्यवसायी स्वरोजगार कोषलाई एकै ठाँउमा केन्द्रित गरेर लक्षित वर्गसम्म बृहत रुपमा पहुँच विस्तार हुने खालको वातावरण बनाउनुपर्ने बताउनु भएको हो ।


कुल जनसँख्याको ४० प्रतिशत युवाहरुको मनोभाव बोकेको मन्त्रालयको जिम्मेवारी आफुले सम्हालेको बताउँदै मन्त्री अथकले सबै कार्यक्रमहरुलाई मन्त्रालय कै मातहतमा ल्याएर नयाँ ढंगले अगाडी बढ्नुपर्ने धारणा राख्दै आउनु भएको छ ।
मन्त्रालय मार्फत युवाहरुलाई स्वदेश मै स्वरोजगार बनाउन सहुलियतमा ऋण तथा अनुदान प्रवाह गर्ने भनिएता पनि नितिगत रुपमै समस्या देखिएकाले त्यसको कार्यान्वयन पक्ष फितलो रहेको मन्त्री अथकको बुझाई छ । सरकारले युवाहरुलाई सहज रुपमा ऋण प्रवाह गर्ने उद्देश्यले स्थापना गरेको युवा स्वरोजगार कोष बिचौलीयाहरुको कमाई खाने भाँडोका रुपमा परिणत हुँदै गएको भन्दै मन्त्री अथकले चिन्ता समेत ब्यक्त गर्नु भएको छ ।
मन्त्रालयका औपचारीक तथा आन्तरीक बैठकहरुमा समेत मन्त्री अथकले युवाहरुलाई स्वदेश मै केही गर्न सकिन्छ भन्ने सपना देखाउने खालका योजनाहरु तर्जुमा गर्न सचिव तथा कर्मचारीहरुलाई निर्देशन दिंदै आउनु भएको छ ।
विदेशी भुमीमा गएर श्रम बेच्न बाध्य युवाहरुलाई स्वदेश मै स्वरोजगार बनाउनका लागि आवश्यक रणनिति तय गर्न बृहत्त युवा सम्मेलनको आवश्यकता महशुस गरेको बताउँदै मन्त्री अथकले प्राकृतीक स्रोत साधन र युवाहरुको श्रमलाई सहि ढंगले सदुपयोग गर्न सकेमा समृद्धीको नयाँ ढोका खोल्न सकिने विश्वास समेत ब्यक्त गर्दै आउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *