
अजय मिश्रा,
कृष्णनगर, १० मंसिर – कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा विहिबार इण्डो नेपाल क्रिकेट टूर्नामेंटको उद्धघाटन सम्पन्न भएको छ ।
उक्त टूर्नामेंट उद्धघाटन कार्यक्रम मिर्जा राशिद वेगको अध्यक्षता प्रमुख अतिथिमा ईलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख प्रहरी निरिक्षक सुकदेव पौडेल, विशिष्ट अतिथिमा नेकपा एमालेका नेता शिवप्रसाद जयसवाल, जसपा नेपालका लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठान, अतिथिमा मुशताक अहमद खाँ, नेकपा एमाले कृष्णनगर नगरपालिका वडा नं ३ कमिटी अध्यक्ष साजिद अलि मुसलमान, नेकपा एमाले कृष्णनगर नगर कमिटी अध्यक्ष संदिप मौर्या, उपाध्यक्ष मेहताब आलम, इम्बार्क इन्टरनेशनलका प्रबन्धक मनिराम कहार, दुख्खी मुसलमान, समसुद्दिन, अजय धोबी, अहमद रजा (बब्लू), मतिउल्ला खाँ लगायत रहनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले खेलकूदले व्यक्तिमा एकताको भावना जागृत गरि युवाहरुलाई भविष्यमा अगाडि बढ्न प्रेरणा समेत दिने गरेको बताउनुभयो ।

खेलकूद बाट व्यक्तिको शारीरिक, मानसिक, सामुहिक भावना, सकारात्मक प्रतिस्पर्धाको विकास भइ व्यक्ति अनुशासित हुने गरेको इण्डो नेपाल क्रिकेट टूर्नामेंट लक्ष्मी नगरका अध्यक्ष तथा नेकपा एमाले कृष्णनगर नगर कमिटी सचिवालय सदस्य एवं उद्योगी मिर्जा राशिद वेगले बताउनुभयो ।
विहिबार भएको खेलमा चार टिम बिच प्रतिस्पर्धा भएको थियो । पहिलो खेल हृदयनगर र कृष्णनगर दोस्रो खेल इम्बार्क इन्टरनेशनल र बढ्नी डिहवा बिच भएको थियो । जसमा इम्बार्क इन्टरनेशनल र हृदयनगर टिम विजय भएको आयोजकले जनाएको छ ।
