Tuesday, April 21सत्यम खबर
Shadow

डुडुवा ४ मा निर्विरोध नयाँ नेतृत्व र प्रतिनिधी निर्वाचित

डुडुवा, २८ कार्तिक – नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँके डुडुवा गाउँपालिका ४ नं. वडाको अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार भएको निर्वाचनमा वडा एकाइ सभापति पदमा पुन हरिबहादुर रेउले सर्वसम्मत रुपमा निर्विरोध चयन हुनुभएको छ ।
रेउलेको नेतृत्वमा २२ सदस्यीय कार्यसमिति चयन भएको छ । समितिको उपसभापतिमा बिजयकुमार गुप्ता र रोशन थापा, सचिवद्धयमा सुनिलकुमार गुप्ता र सुन्तली बुढाथोकी, सहसचिवद्धयमा मो. सद्दाम हुसेन खाँ र चम्फा खत्री निर्वाचित हुनुभएको छ ।


यस्तै कार्यासमितिको सदस्य पदमा मोहमद साजीद खाँ, मुस्तकीम खाँ, रमेश खटिक, जाहिदा साई, जान अली सैयद, लिल रोका, करिम खाँ, नवि नाउ, तिरथराम खटिक, मो. ईरफान खाँ, खेमराज कलवार, हरि प्रसाद कलवार, पुत्तन वागवान, शमसुल बढही, सलिम खाँ र्निविरोध सर्वसम्मत रुपमा चयन भएको मतदान अधिकृत रामु ओलीले बताउनुभयो ।


यसैगरि अधिबेशनले क्षेत्रीय प्रतिनिधीमा हलिम खान, शाहिदा बानो, समशुल निशा, राकेशकुमार मिश्र, कलावती रैदास, चन्द्रावति खटिक, भिखुलाल बर्मा, हनिफ खाँ, चन्द्रबहादुर रेउले, प्रेमकुमारी गुप्ता, मञ्जुलत्ता गुप्ता, समुन्द्री बर्मा, बृजकिशोर पाठक, समसुल हक बागवान, लल्लन बागवान, कौशिल्यावती रोका निर्विरोध निर्वाचित हुनु भएको छ ।


सर्वसम्मत रुपमा निर्वाचित पदाधिकारीहरुलाई अबिर लगाएर बधाई ज्ञापन गरिएको थियो । कार्यक्रममा डुडुवा गाउँपालिका उपाध्यक्ष शाहिदा वानो, काँग्रेसका पुर्व इकाई सभापति हनिफ खाँ, क्षेत्रीय सदस्य हलिम खान, पुर्व इकाई सचिव राकेशकुमार मिश्र लगायतले निर्वाचित पदाधिकारीहरुलाई बधाई दिंदै पार्टीको विचार, संगठन, उद्देश्य रणनिति लगायतका बारेमा बोल्नु भएको थियो ।
निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र सोमबार वितरण गरिने एकाइ सभापति हरि रेउलेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *