Tuesday, April 21सत्यम खबर
Shadow

जोगागाउँ मेला मंसिर ३ गतेबाट सुरु हुने

रोहित मिश्रा
जानकी, २५ कार्तिक – बाँकेको जानकी गाउँपालिका वडा नं २ मा जोगागाउँ मेला तयारी पूरा भएकाे जनाईएकाे छ ।

आज विहिबार भएकाे छलफलबाट जानकी गाउँपालिका वडा न.२ अन्तर्गत रहेको जोगागाउँ बाबाकुट्टिमा प्रत्येक वर्ष कार्तिक पुर्णिामामा लाग्ने मेला यस वर्ष मंसिर ३,४ र ५ गते लाग्ने तथा उक्त मेला हर्षाेउल्लासका साथ सम्पन्न गराउन विभिन्न समितिहरू समेत गठन गरिएकाे जनाईएकाे छ ।

सो मेलालाई सञ्चालन तथा व्यवस्थापनको लागि अध्यक्ष जयराम काँदु, उपाध्यक्ष बाबादिन चमार, सचिव कुलबहादुर थापा, सहसचिव विष्णु कोरी, कोषाध्यक्ष रज्जव अलि हलवाईसहित १५ सदस्य मुल समितिसहित सुरक्षा समिति, सल्लाहकार समिति लगायत गठन गरिएकाे छ ।

जानकी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताकाे अगुवाईमा नव गठित जाेगागाउँ मेलालाई वडा अध्यक्ष गुप्ताले शान्त र मर्यादित तरिकाबाट मेला सम्पन्न गराउने आशा रहेकाे भन्दै गठित सम्पुर्ण समितिलाई बधाई तथा सफलताकाे लागि शुभकामना व्यक्त गरेका थिए ।

साथै उल्लेखित स्थानमा लाग्ने परम्परागत सो मेलालाई काेभिड -19 को सम्पुर्ण स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै मेला अवलोकन गरिदिनको लागि यस वार्ड न. २ को तर्फबाट सम्पुर्णलाई निम्तो दिइएको व्यहोरा अनुरोधका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *