Wednesday, April 22सत्यम खबर
Shadow

कृष्णनगरमा पनि मनाईयो छठ पर्व

कृष्णनगर, २५ कार्तिक – तराईको जिल्ला लगायत कपिलवस्तुमा पनि छठ पर्व अन्तर्गत विहिवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।
जिल्लाका विभिन्न स्थानका नदी, नहर, तलाउ र पोखरीमा जम्मा भएका श्रद्धालुहरुले समेत बुधवार साँझ सूर्यलाई अर्घ्य दिएका छन् । कपिलवस्तुको तौलिहवा, बहादुरगंज, महाराजगंज, लगायत जिल्लाका विभिन्न स्थानका जलासय सिँगारिएको छ ।


छठ व्रत गर्ने महिला र पुरुषहरुले साँझ अस्ताउँदै गरेको सूर्य देवतालाई नदी नहर पोखरी वा पवित्र जलाशयमा उभेर माटोले निर्मित भाडा वर्तन,कनसुप्ति, छिट्टा (बाँसले निर्मित सामग्री) सहितका भाडा वर्तनमा राखिए कोरा, स्याऊ, ठेकुवा, भूस्बा, खाजा, लड्डू सहितका फलफुल, सामग्रीहरु सूर्य देवतालाई चढाउने गर्दछन् ।
कृष्णनगर नगरपालिका वडा नं १ स्थित पोखरीमा पनि छठपूजा धुमधामका साथ मनाइएको छ । उक्त स्थानमा कृष्णनगर नगरपालिका नगर प्रमुख रजतप्रताप शाह, राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय सदस्य श्यामकुमार मिश्र, वडाध्यक्ष संजयकुमार गुप्ता लगायत श्रद्धालुहरू रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *