Wednesday, April 22सत्यम खबर
Shadow

वडासदस्यले वडाध्यक्षलाई लात्तीले कुटेः दुबै पक्ष वडा प्रहरीमा

नेपालगन्ज, २५ कार्तिक – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ का वडासदस्यले आफ्नो वडाअध्यक्षलाई लात्तीले कुटेका छन् ।
विहिबार बिहान ७ नं. वडा बस्ने एक जना युवती नागरिकता सिफारिस लिन वडा समिति कार्यालयमा पुगेका थिईन् ।


सो युवतीले नागरिकता सिफारिसको मांग गर्दा वडाध्यक्ष जुम्मन खाँले म तिमीलाई चिन्दैन, यही वार्डमा बस्छौ यो कुरा प्रमाणित गरी ल्याए मात्र सिफारिस दिन्छु भन्दा बडा कार्यालयमा नै बसेका वडासदस्य किशोर थापाले यी युवती फलानाका छोरी हुन मेरै टोल छिमेकका हुन, म राम्रै चिन्दछु, यसको जिम्मेवारी लिन्छु भन्दा पनि वडाध्यक्ष खाँले सिफारिस दिन मानेन विवाद बढ्दै जाँदा पहिले वडाध्यक्ष खाँले वडासदस्यको गालामा हिर्काए त्यसपछि वडासदस्य थापाले वडाध्यक्ष खाँलाई खुट्टाले कुट्दै रहे ।


यो कुरा वडा प्रहरी कार्यालयमा जानकारी भएपछि प्रहरीले दुबै पक्षलाई पक्राउ गरी लगेको छ । प्रहरी कार्यालयमा वडा समिति कार्यालयका केही कर्मचारी पनि समाचार लेख्दासम्म पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *