Wednesday, April 22सत्यम खबर
Shadow

बम विष्फोटन गराई किन भत्काइयो पाकिस्तानी राष्ट्र पिताको प्रतिमा ?

मितिः २०७८ कार्तिक २२ गते
विद्रोही
भन्ने गरिन्छ व्यक्तिले जे रोप्छ त्यस्तै फल पछि त्यसले पाउँछ । मो. अली जिन्नाले नै भारत विभाजनको विष रोपण गरेका थिए ।
जसको कारण धार्मिक आधारमा भारतको विभाजन भयो र मुस्लिमहरुको देश पाकिस्तान जसको अर्थ हो पाक स्थान को जन्म भयो । भारतमा सरदार वल्लभ भाई पटेललाई राष्ट्रिय एकताको प्रतिक मानिन्छ भने मोहनदास करमचन्द गाँधी, जवाहरलाल नेहरु र कायदे आजम मो. अली जिन्नालाई विभाजनकारी भनिन्छ ।


गाँधीको तुष्टिकरण नीतिको कारण विभाजनको समय २१ लाख हिन्दुको हत्या गरिएको थियो, गाँधीले भनेका थिए कि भारतको विभाजन मेरो लासमाथि हुनेछ तर गाँधी, नेहरु र जिन्ना अंग्रेजको मिलुवा रहेकोले उनीलाई विश्वासमा लिई अंग्रेजले कूटनीति अन्तर्गत भारतको विभाजन गराए । यस समय मो. अली जिन्ना इस्लाम धर्मको दुहाई दिँदै अलग राष्ट्रको माग गर्दै देश विभाजन गराए यस समय पं. नेहरु देशको प्रथम प्रधानमन्त्री बन्न विभाजन स्वीकारे ।
देशको विभाजन भयो तर गाँधी चुपचाप बसी रहे लाखौं हिन्दुको हत्या गरियो यस समय त्यो हिंसा रोक्न उनीले कुनै पहल गरेनन् तर जब हिन्दुहरुले प्रतिकार गर्न शुरु गरे गाँधीले आमरण अनसन गरी त्यो प्रतिकारात्मक कारवाही रोक्न लगाए । यसरी भारतको ४ वटा खलनायक छन् जुन आज पनि चर्चा परिचर्चामा रहने गर्छन् । गाँधी र नेहरुलाई भारतीय जनताले मन पराउँदैनन् । त्यस्तै उनी जिन्नालाई पनि मन पराउँदैनन् जिन्ना पाकिस्तानको राष्ट्रपिता रहे पनि राष्टूूवादी प्रवृत्तिका मुस्लिम आक्रोशमा रही सधैं जिन्नाको विगत वर्षहरुमा उनीको समाधिमा ३ पटक आक्रमण गरी ध्वस्त पार्दै आएका छन्, जुन समाधिलाई पटक–पटक जिर्णाेद्धार गरिदै आएको छ ।


गत महिना पाकिस्तानको बलुचिस्तान स्थित तटीय शहर क्वाडरमा लागेको मो. अली जिन्नाको अग्लो प्रतिमालाई पाकमा प्रतिबन्धित रहेको संगठन बलुच रिपब्लिकन आर्मीले डाइनामाइटले विष्फोट गरी ध्वस्त पारेको छ । बलुचिस्तानका राष्ट्रवादी सोचका नागरिक बलुचहरुले स्वतन्त्र राष्ट्रको स्थापनाको लागि दशकौंदेखि संघर्ष गर्दै आएका छन् ।
यसरी भारतको विभाजन स्वीकारेका आफ्नो देशका दुवै राष्ट्रपिताको समाधि र प्रतिमा खतरामा परेको छ । जसरी पाकिस्तानमा जिन्नाप्रति आक्रोश छ त्यस्तै नै भारतमा गाँधीप्रति जनताको आक्रोश छ अब भारतमा पनि गाँधीको खुलेर आलोचना हुन थालेको छ । गाँधीलाई राष्टूूपिताको नामले सम्बोधन गर्दा राष्टूूवादी भारतीय जनता गाँधीलाई राष्टूूपिता कसले घोषणा गरेको हो ? के उनी राष्ट्रपिता भएको कहिं उल्लेख छ ? यो प्रश्न पनि गर्न शुरु गरेका छन् । यही हो फल उनीको । यी दुवैले राष्ट्रहितको कदर नगरी आफ्नो स्वार्थ हितको लागि गरेकोले यिनी जनताको तारो बनेका छन् ।
गत महिना जिन्नाको प्रतिमा भत्काइएको छ यस्तो घटना भारतमा पनि दोहोरिन सक्ने सम्भावना बढी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *