Monday, April 20सत्यम खबर
Shadow

सरसफाई सामाग्री बितरण

नेपालगन्ज, १५ कार्तिक – बर्दिया जिल्लाको बासगढीमा बिद्यार्थीहरुलाई व्यक्तिगत सर सफाईका लागी हाथ धुने सम्बन्धि जनचेतनामूलक कार्यक्रमका साथै साबुन, मञ्जन लगायतका व्यक्तिगत सरसफाई सामाग्री बितरण गरिएको थियो ।

एसओएस सामाजिक सेवा केन्द्र बर्दिया भकारीको सहयोगमा लायन्स क्लब अफ नेपालगन्ज सेन्ट्रल, लियो क्लब अफ नेपालगन्ज सेन्ट्रल तथा एसओएस युवा क्लबको संयुक्त आयोजनामा बिद्यार्थीहरुलाई व्यक्तिगत सरसफाई सामाग्री आज साेमबार बितरण गरिएको छ ।

एसओएस युवालय नेपालगन्जका नायब निर्देशक तुलाराम
बिश्वासको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एसओएसको सहयोगमा प्रभात तथा शिव आधारभूत बिद्यालय र पृथ्वी माध्यमिक बिद्यालयको कक्षा ४ र ७ मा अध्ययनरत व्यक्तिगत सर सफाईका लागी ६० जना विद्यार्थीहरुलाई हाथ धुने सम्बन्धि जनचेतनामूलक कार्यक्रम, साबुन, मञ्जन लगायतका व्यक्तिगत सरसफाई सामाग्री बितरण गरिएको थियो ।

एसओएस सामाजिक सेवा केन्द्र बर्दिया भकारीका ईन्चार्ज
शान्ता थापाद्वारा सञ्चालित कार्यक्रममा एसओएस परिवार सबलिकरण बर्दियाका संयोजक शिवकुमार चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने एसओएस युवालय नेपालगन्जका बिद्यार्थी दोस्रो तहमा अध्ययनरत स्टाफ नर्स मीना बिसीले कार्यक्रममा सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रम समापनमा एसओएस युवालय नेपालगन्जका नायब निर्देशक बिश्वासले कार्यक्रमको महत्व बारेमा प्रकाश पार्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *