Sunday, April 19सत्यम खबर
Shadow

हडियाबाबा आश्रममा “भण्डारा एवम् मेला” काे तयारीमा वडा समिति

नेपालगन्ज, १३ कार्तिक – श्री श्री १००८ हडिया बाबा आश्रममा हरेक वर्ष आयोजन हुने “भण्डारा एवम् मेला” यस वर्ष पनि भब्य रूपले मनाउने तयारी गरिएकाे छ ।

स्थानिय पर्यटकीय तथा धार्मिक आश्रममा मसिंर ५ गते आईतवारदेखि १० गते शुक्रवारसम्म “भण्डारा एवम् मेला” काे आयोजना हुने हडिया बाबा आश्रम व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल वैश्यले बताउनु भयाे ।

काेराेना संक्रमणपछि हुने यस पटककाे मेलालाई नेपालगन्ज उपमहानगरपालिका ६ नं. वडाका आम सर्वसाधारण वर्गका साथै नेपालगन्जका सम्पुर्ण नगरबासीहरुले बडो चाँसोका साथ लिइँ रहेका छन् ।

“भण्डारा एवम् मेला” मा आयोजना हुने साँस्कृतिक एवम एतिहासिक वार्षिक आयोजनहरु, पर्वहरुमा कोभिड एवम् विभिन्न बहाना देखाइ कार्यक्रम आयोजन नगर्ने र कार्यक्रम आयोजनबाट पन्छिने कार्य यस अगावै भएकाे सर्व-विधितै छ। जसबाट श्रद्धालुहरू दु:खी र निराशाजनक भएकाे थिए छ।

साेही विगतकाे कार्यशैलीप्रती श्रद्धालुहरू चिन्तित भएका थिए । अब उप्रान्त पुनः साेही अनुसार नहाेस भनी आम नगरबासीहरूकाे चाहना समेतरहेकाे पाईन्छ ।

यसपटक आयाेजना हुने मेलाकाे मुल्यांकन नागरिक युवा समिति ६ नं. वडाका पदाधिकारीहरू गरिरहेका छन् । उक्त समितिले आज शनिबार बैठकबसी मेलालाई सहयाेग कसरी गर्न सकिन्छ ? सभ्य र भब्य तरिकाले कसरी मनाउन सकिन्छ ? भण्डारमा कस-कसकाे सहयाेग जुटाउने, स्वायंसेवकहरूलाई कसरी खटाउने, स्वास्थ्य सेवा कसरी दिने लगायत विषयमा छलफल गरिएकाे समितिका संयाेजक मदनराज शर्माले बताउनुभयाे ।

“कार्य समितिमा पदासिन पदाधिकारीहरुले यस आयोजनालाई भब्य र सभ्य” तरिकाले आयोजना गर्नुहोस, कामना छ। हामी सबै नगरवासिहरुको हुन सक्ने सबै सहयोहग हुने छ तर टालटुल पार्ने काम कदापि नहोस् । बरु सबै मिलेर सहकार्य गरेर, भक्तजनहरुलाई आहवान गरेर यो पावन आयोजन सु-सम्पन्न गरौँ भन्ने भनाई समितिका संयाेजक शर्माले राख्नुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *