Thursday, September 25सत्यम खबर
Shadow

आजदेखि जोर–बिजोरका सवारीसाधान चल्ने

नेपालगन्ज, ३१ श्रावन– जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबारदेखि जोर विजोर नम्बरका गाडीहरु पालैपालो चलाउन पाउने व्यवस्था लागु गरेको छ ।


आज शनिबारदेखि सुरु गरेको जोर विजोर प्रक्रिया आजैदेखि लागु हुने जानकारी गराएको छ । आज शनिवार बिजोर नम्बरका गाडी मात्र चलाउन पाईने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार आजदेखि सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।
जिल्लामा कोरोना संक्रमणको जोखिम काय मै रहेकाले सामाजिक दुरि कायम राख्न जोर–बिजोर प्रणाली लागू गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी गराउनुभयो । कुरूम्वाङका अनुसार आज नम्बर प्लेटको अन्तिममा १, ३, ५, ७ र ९ नम्बर रहेका सवारीसाधन मात्र सञ्चालन गर्न पाईने बताउनुभयो । प्रहरीले बिहानैदेखि जोर विजोर गाडीलाई चेकजाँचमा कडाई गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *