Wednesday, April 22सत्यम खबर
Shadow

‘म पार्टीभित्र स्वभाविक रूपमा सभापतिको उम्मेदवार हुँ’: पौडेल

नेपालगन्ज, ८ कार्तिक – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा आफू सभापति पदको स्वभाविक उम्मेदवार भएको बताएका छन् । तर आफ्नो समूहमा यसबारे कुराकानी हुन बाँकी नै रहेको उनले उल्लेख गरेका छन् ।
२०७२ सालमा भएको १३ औं महाधिवेशनमा पनि आफू सभापतिकै उम्मेदवार रहेकोले यसपालि पनि सभापति पदमै उठ्ने उनले बताए ।


‘म पार्टीभित्र स्वभाविक रूपमा सभापतिको उम्मेदवार हुँ’ आज बाँकेमा पत्रकारहरूसँग उनले भने, ‘१३ औं महाधिवेशनमा पनि म नै सभापतिको उम्मेदवार थिएँ । यसपालि पनि टिममा छलफल गरेपछि निर्णय हुन्छ । स्वभाविक रूपमा म सभापतिको उम्मेदवार हुँ ।’
टिमभित्र अन्य नेताहरूले पनि सभापति पदमा उठ्ने इच्छा राखे पनि छलफलबाटै एक जना मात्रै उम्मेदवार हुने उनले बताए ।
उनले महाधिवेशन तयारीबारे थप छलफल गर्न आफूले दसैंअगाडि नै केन्द्रीय समिति बैठक राख्न माग गरेको बताए ।
समयमा महाधिवेशन हुन नसक्दा पार्टी नै वैधानिक संकटमा परेको उनी बताउँछन् । उनले महाधिवेशन समयमै गर्न सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गरिएको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *