Wednesday, April 22सत्यम खबर
Shadow

पुर्वमन्त्री राईद्वारा बंगलादेशमा हिन्दुहरूमाथि भएकाे घटनाकाे बिराेध

नेपालगन्ज, ६ कार्तिक – पुर्वमन्त्री माेहम्मद ईस्तियाक राईले बंगलादेशमा अल्पसंख्यक हिन्दुहरूमाथि गरिएकाे हत्या, हिंसा, मन्दिर ताेडफाेडकाे बिराेध गरेकाे छन् ।

शनिबार नेपालगन्जमा आयोजित पदभार ग्रहण तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि रहेका पुर्वमन्त्री राईले मुस्लिमहरुका लागि सबैभन्दा सुरक्षित देश बिश्वभरमा नेपाल रहेको बताउनु भयाे । उहाँले बंगलादेशमा अल्पसंख्यक हिन्दुहरु माथि भएको घटनाको निन्दा गर्दै बंगलादेश सरकारले तिनकाे सुरक्षा गर्नुपर्ने बताउनुभयाे । उहाँले शक्तिशाली व्यक्ति हो भन्दैमा कमजोर व्यक्ति माथि आक्रमण गर्नु वा विभिन्न बहनामा पिडा दिनु इस्लाम बिरोधी कार्य भएकोले सबै मुस्लिमहरुलाई एकताबद्ध भएर यसकाे बिराेध गर्ने आग्रह गर्नु भएको थियो ।

नेपालगन्ज मुस्लिम समाजले कोभिड–१९ को उपचार, रोकथाम तथा नियन्त्रणमा विशेष योगदान गरेको भन्दै नेपालगन्जका दर्जनाैं व्यक्तिहरूलाई सम्मान गरेकाे थियाे ।

नेपालगन्ज मुस्लिम समाजले दिएकाे सम्मानपछि कार्यक्रमलाई सम्बोधन गर्दै कशाैधन वैश्य समाजका अध्यक्ष नन्दलाल बैश्यले काेराेना कालमा मानवीय कार्य गर्न पाउँदा खुशी लागेकाे तथा थप जिम्मेवार भई लाग्न समेत यश सम्मानले प्रेरित गरेकाे बताउनुभयाे ।

यसैगरी नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष माे. सफिम बेहनालाई समेत सम्मान गरिएकाे थियाे ।काेराेना काल संकटका बेला जनताको सेवा गर्न पाएकोप्रति खुशी व्यक्त गर्दै भविष्यमा पनि मानवीय कार्यमा लाग्ने अध्यक्ष बेहनाले प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । 

समाजका अध्यक्ष हाजी अब्दुल हकिमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी, राजनीति दलका प्रतिनिधि, बिभिन्न धर्मका धर्मगुरुहरुलाई प्रमाण पत्र प्रदान गरेर सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *