Monday, April 20सत्यम खबर
Shadow

जानकी गापाकाे ११ औं गाउँसभा सम्पन्न

सकिल अहमद राई
जानकी, ४ कार्तिक – बाँकेको जानकी गाउँपालिकाको ११ औं विशेष गाउँ सभा आज विहिबार नव निर्मित सभा हलमा सम्पन्न भएको छ ।

स्वास्थ, शिक्षा, कृषि र पूर्वाधार जानकीको विकाशको मूल आधार भन्ने नाराका साथ गाउँपालिकाको कार्यालय खजुरा खुद्रमा आज सम्पन्न सभाबाट विभिन्न ५ वटा महत्वपुर्ण निर्णयहरु गरिएको छ ।

जसअन्तर्गत गाउँपालिकाले शिक्षा ऐन २०७७ पहिलो संशोधन पारित, स्वास्थ तथा सरसफाई ऐन २०७८, रोजगार शाखाको कार्यक्रम लगायत पारित गरेको छ ।

त्यसैगरी, गाउँपालिका स्तरिय तथा वडा स्तरिय बजेट तथा कार्यक्रम आर्थिक वर्ष २०७८र७९ को बजेट तथा कार्यक्रम पारित गर्ने निर्णय गरेको छ ।

कार्यक्रममा गाउँपालिकाका कार्यबाहक अध्यक्ष भुमिसरा धिताल, प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राना, लेखा अधिकृत मतिन अन्सारी लगायतले विभिन्न ऐन संशोधन प्रस्ताव पेश गरेका थिए । प्रस्तावमाथि आजको विशेष सभामा छलफल भई पारित गर्ने निर्णय गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *