Sunday, April 19सत्यम खबर
Shadow

मोदीद्वारा कुशीनगर विमानस्थल उद्घाटन, नेपालको गौतम बुद्ध विमानस्थलमा चिनियाँहरूको वितण्डा

काडमाण्डौ, ३ कार्तिक – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार उत्तर प्रदेशको कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । भगवान् गौतम बुद्धले महापरिनिर्वाण प्राप्त गरेको कुशीनगर बौद्ध धर्मालम्वीहरुका लागि पवित्र स्थल हो ।
विश्वभरका बौद्ध धर्मालम्बीहरुलाई लक्षित गर्दै भारतले सन् २०२० कुशीनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने तयारी गरेको थियो । त्यसको एक वर्ष मै उक्त विमानस्थल सञ्चालनमा आएको हो भने, उद्घाटनपछिको पहिलो अवतरण श्रीलङ्काली जहाजले गरेको छ ।


श्रीलङ्का, जापान, ताइवान, दक्षिण कोरिया, चीन, थाइल्यान्ड र सिंगापुरबाट आउने बौद्ध धर्मावलम्बीलाई यो विमानस्थलले सहजता प्रदान गर्ने छ । कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा भारु २ सय ६० करोड खर्च भएको बत्ताइएको छ ।
भगवान् गौतमवुद्धको जन्मस्थल लुम्बिनीलाई संसारमाझ जोड्ने उद्देश्यका साथ नेपालमा निर्माण सुरु गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भने चिनियाँ कम्पनीले वितण्डा मच्चाएको छ ।
वि.सं. २०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गरेका थिए ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएको तीन वर्षमा सक्ने लक्ष्य राखिएको थियो ।
तीन वर्षमा सक्ने लक्ष्य अनुसार ३१ डिसेम्बर २०१४ मा करिब ६ अर्ब ८२ करोड लागतमामा चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएशनले निमार्ण कार्य सुरु गरेको थियो ।
तर, चिनियाँ कम्पनीको लापरबाहीले विमानस्थल निर्माणको म्याद ६ पटक थपियो । छैटौँ पटक थपिएको म्याद सन् २०२१ जुन अन्तिममा समाप्त भइसकेको छ तर पनि विमानस्थल सञ्चालनमा आउन सकेको छैन ।
निर्माण कार्य चाँडो सक्नु त टाढाको कुरा चिनियाँ कम्पनीले उल्टै म्याद फेरि थप गर्न नागरिक उड्यन प्राधिकरणमार्फत पहल गरेको थियो । सो अनुसार सन् २०२१ डिसेम्बरसम्ममा निमार्ण गरिसक्ने भन्दै पत्राचार समेत भएको बताइएको छ ।
नेपालको राष्ट्रिय गौरवको आयोजनामा चिनियाँहरूको हातमा परेपछि उनीहरूले आफ्नो मर्जी अनुसार योजना अघि बढाइरहेको देखिएको छ । कतिपयले यस्ता ठुला आयोजनाहरू चिनियाँ कम्पनीहरूलाई नै दिनु गल्ती भएको भन्दै आलोचना समेत गरिरहेका छन् ।
धेरै जसो चिनियाँ कम्पनीहरूले चिनियाँ कम्युनिस्ट पार्टी सीसीपीको अधीनमा हुन्छन् र सीसीपीले आफू अनुकूलको वातावरण बनाउन र फाइदा खोज्नका लागि ती कम्पनीहरूलाई प्रयोग गर्छ । यसैको सिकार गौतम बुद्ध विमानस्थल भएको देखिन्छ । (नेपालपाना)

Leave a Reply

Your email address will not be published. Required fields are marked *