
नेपालगन्ज, १ कार्तिक – नेपालगन्जको रामलीला देशभरी नै विख्यात छ । रामलीलाको स्थापनाको लागि स्व. सरजुनाथ विशेश्वरप्रसाद टण्डन लगायतले दिनु भएको योगदानको कारण यसको छुट्टै इतिहास यहाँ बन्न गएको छ । १ सय १५२ वर्षदेखि नेपालगन्जमा निरन्तर रुपमा रामलीला नाटकको मंचन हुँदै आएको थियो । तर २०७७ मा कोरोनाको संक्रमण फैलेपछि यसको आयोजन गर्न सकिएन यस पटक १५४औं रामलीलाको मंचन हुने आशा गरिएको थियो । तर रामलीला सञ्चालक समितिले कोरोनाको बहानामा कार्यक्रमको आयोजन नगर्दा रामलीलाको परम्परा लोप हुँदै गएको छ यसबाट सर्वत्र चिन्ता पैदा भएको छ ।
भन्ने गरिन्छ धर्म संस्कृति सभ्यता परम्परा र देव भाषा संस्कृतको लोप भयो भने हाम्रो अस्तित्व नै हराउँछ यस कारण रामलीला जस्तो कार्यक्रमलाई लोप हुन नदिन सबै सचेत र सजग हुनुपर्ने जरुरी छ । नेपालगञ्जमा श्रावण महिनामा हुने नाग पंचमी (गुडिया पर्व) मा कुश्ती दंगलको कार्यक्रम आयोजित हुने गथ्र्याे यसै पर्वमा आल्हा खण्ड गाउने परम्परा थियो । फागू पूर्णिमा होली पर्वमा धमार गीत गाउने, महामूर्ख सम्मेलनको आयोजन गर्ने गरिन्थ्यो यस्तो परम्पराको लोप भएको देखिन्छ । अहिले वैदिककालको संस्कृति लोप हुँदै गएको छ । तर केही वर्षदेखि भ्यालेन्टाइन डे, क्रिसमस डे जस्ता विदेशी परम्पराले प्रवेश लिएको छ । विदेशी संस्कृति यहाँ बढ्दै गए स्वदेशी संस्कृति खतरामा पर्नेछ ।
इण्डोनेशिया जस्तो देश मुस्लिम धर्मावलम्बी हो तर त्यहाँ बडा दशैं (दशहरा) पर्व जसरी नजिक आउँछ त्यहाँका नागरिक रामलीला नाटक मंचन गर्न शुरु गर्छन् । तपाईंहरु यसो किन गर्नु हुन्छ सोद्धा उनीहरुले भन्छन् । हामीले वैदिक सनातन धर्म परित्याग गरेका छौं तर आफ्ना पुर्खाको त्याग गरेका छैनौं भगवान राम, भगवान कृष्ण हाम्रा पुर्खा हुन् । यस कारण उनीको सम्मानमा यस्ता कार्यक्रमको आयोजना गर्छाैं भन्दै आएका छन् । इण्डोनेशियाको रुपियाँमा भगवान गणेशजीको फोटो अंकित छ, विमानस्थल वैदिक पुर्खाहरुको नाममा छ ।
नेपाल भनेको वैदिक सनातन मान्नेहरुको तपोभूमि हो यहाँ नै सबै भन्दा पहिले ओम शब्दको उच्चारण गरिएको थियो । यहीं नै वेद ग्रन्थ लेखिएको थियो । भगवान शिव, भगवान राम, माता सीता, दशानन रावण, पुलस्त्य ऋषि, बाल्मीकी ऋषि, ऋषि विश्रवा जस्ता अनगिनत ऋषि महर्षिहरु जन्मिनु भएको थियो । यहाँ तर दुर्भाग्यको कुरा छ । आज यहाँ वैदिक सनातन संस्कृति खतरामा छ । सरकारले पनि वैदिक सनातन संस्कृतिको संरक्षण संवद्र्धन गर्ने प्रयास गरेको छैन । यस कारण अब वैदिक सनातन धर्म मान्नेहरु आफै नै यसको संरक्षण संवद्र्धन गर्न अघि आउनुपर्ने जरुरी छ । रामलीला जस्तो कार्यक्रम नेपालगञ्जको अतिरिक्त जनकपुर, वीरगंज, विराटनगर जस्तो स्थानमा आयोजित हुँदै आएको छ । अब रामलीला सञ्चालक समिति नेपालगञ्जमा केन्द्रको रुपमा स्थापित हुनुपर्छ । यसको शाखा देशको सबै जिल्लामा स्थापित गर्नु जरुरी छ । अहिलेसम्म रामलीला नाटकको मंचन हिन्दी भाषामा आजसम्म भइ रहेको छ, अब रामलीला नाटक नेपाली भाषामा आयोजन हुनुपर्ने आवश्यक भएको छ, अनि मात्र रामलीला नाटक मंचन देशभरी आयोजत हुने मौका पाउँछ । रामायण महाकाव्यको रचना महर्षि बाल्मीकीले संस्कृत भाषामा गर्नु भएको थियो सो पछि रामायणलाई जन जनसम्म पुर्याउन गोस्वामी तुलसी दासजीले अवधी भाषामा राम चरित मानस ग्रन्थको लेखन गर्नु भयो । नेपालमा आदिकवि भानुभक्त आचार्यले रामायण ग्रन्थको रचना गर्नु भयो नेपाली भाषाको यो रामायण नेपालमा मात्र होइन बरु भारतको दार्जिलिंग, सिक्किम, देहरादून, कुमाऊ, गढवालसम्म वाचन गर्ने गरिन्छ । यस कारण भानुभक्त आचार्यको रामायणबाट रामलीला नाटक मंचन गर्न सकिन्छ यसको लागि सरकारले आवश्यक पहल गरे निश्चित नै गर्न सकिन्छ । यसको लागि नेपालमा रामायण नाटक कम्पनीको स्थापना गर्नु जरुरी छ ।
अहिलेसम्म भारतको अयोध्याधाम, बृज, दरभंगा लगायतमा रहेको नाटक कम्पनी यहाँ आई रामलीलाको कार्यक्रम गर्दै आएका छन् र ठूलो रकम कमाई गरेर उनीहरु आफ्नो देश फिर्ता हुने गरेका छन् । भारतको उत्तर प्रदेश सरकारले भर्खरै डिजिटल प्रविधिबाट अयोध्याधाममा रामलीला कार्यक्रमको आयोजन गर्न शुरु गरेको छ यस्तो डिजिटल प्रविधि कोरोना संक्रमणको समय धेरै प्रसिद्धि पाएको छ । अयोध्याधाममा डिजिटल प्रविधिबाट आयोजित भइ रहेको कार्यक्रममा कलाकारहरु बलिउडका प्रसिद्ध नायकहरु छन् । यस कारण हाम्रो कलिउडको अभिनेताहरुले पनि यहाँ नेपाली भाषामा रामलीला कार्यक्रमको आयोजन गरी नेपालमा रामलीला स्थापित गर्न सक्छन् । यसको लागि दृढ इच्छा शक्तिको आवश्यकता छ थोरै प्रयास गरे सफलता भने अवश्य नै मिल्छ रामलीला वैदिक सनातन धर्म मान्नेहरुको आत्मा हो । यसको अपहेलना गर्नु हुँदैन रामलीला सञ्चालक समिति यसप्रति संवेदनशील बनोस् र २०७९ मा रामलीला नाटक मंचन कार्यक्रमको आयोजन गरोस् यस्तो चाहना सबैको रहेको बुझिन्छ ।



