Sunday, April 26सत्यम खबर
Shadow

कोहलपुर क्रिकेट मैदानलाई महिला क्रिकेट एकेडेमीका रुपमा विकास गरिने : मन्त्री अथक

नेपालगन्ज, २७ असाेज – नेकपा माओवादी केन्द्र बाँके क्षेत्र नं १ का सांसद महेश्वर गहतराज (अथक) पहिलो पटक युवा तथा खेलकुद मन्त्री भएपछि आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन् । मन्त्री अथकलाई एरपोर्टसम्म पुगेर सैयौंको संख्यामा नेता कार्यकर्ताले फुलमाला र खादा ओढाएर भव्य स्वागत गरेका छन् ।

नेपालगन्ज विमानस्थलमा ओर्लिए लगत्तै मन्त्री गहतराजलाई कार्यकर्ता तथा शुभेच्छुकले भब्य स्वागत गरेका थिए ।गहतराजलाई कार्यकर्ताले नेपालगन्ज विमानस्थलबाट कोहलपुरसम्म मोटरसाईकल र्यालीसहित स्कटिङ गरेका थिए ।

छोटो सम्बोधनमा मन्त्री अथकले आफुले पाएको जिम्मेवारीलाई आफ्नो बलबुताले भ्याएसम्म युवा र खेल क्षेत्रलाई विगतको मन्त्री र सरकारले जस्तै नभएर आफुले अली भिन्नै तथा अग्रज, खेल विज्ञहरुको सल्लाह लिदै सक्षम तरिकाले अगाडि बढाउने बताउनुभयो । कोहलपुरस्थित शहिद स्मृती भवनमा आयोजित कार्यक्रममा मन्त्री गहतराजका साथै सांसद पूर्णाकुमारी सुवेदी, नरेन्द्र न्यौपाने लगायत नेता, कार्यकर्ताको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले कोहलपुरमा रहेको क्रिकेट मैदानलाई महिला क्रिकेट एकेडेमीका रुपमा विकास गरिने बताए । क्रिकेट मैदानको विकास गर्न आफु दिर्घकालिन योजना बनाएर अगाडी बढ्ने प्रतिवद्धता जनाए ।

मन्त्री अथकले दशैको वेलामा युवाहरु विदेश जाँदै गरेको देख्दा आफ्नो मनले शान्ति नपाएको र यसलाई सक्दो नियन्त्रण गर्ने गरी युवा स्वरोजगार कार्यक्रम ल्याउने र कार्यक्रमलाई कसरी हुन्छ प्रयोगमा पनि ल्याउने बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र कोहलपुरका नगर इन्चार्ज नरेन्द्र न्यौपानेले स्वागत मन्तव्य राखेका थिए ।

भोलि २८ गते विहिबार क्षेत्र नं १ राप्ती सोनारी गाउँपालिकामा कार्यकर्ता भेटघाट तथा दशैँ शुभकामना आदानप्रदान कार्यक्रम रहने जानकारी गराईएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *