Tuesday, October 22सत्यम खबर
Shadow

समाज

टिकट काउन्टरमा ‘सुराकी’ प्रहरी राख्ने ट्राफिकको योजना

टिकट काउन्टरमा ‘सुराकी’ प्रहरी राख्ने ट्राफिकको योजना

प्रदेश ५, समाज
बाँके,१८ असोज । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले नजिकिँदै गरेको दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गर्ने तयारी गरेको छ । नागरिकको सुरक्षाका लागि चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरिएको ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले जानकरी दिए । बाँके जिल्लाबाट र जिल्लामा प्रवेश गरेर बाहिरीने सवारीमा सवार नागरिक (यात्रु) लाई सहजताका लागि नेपालगञ्ज र कोहलपुर बसपार्कमा नागरिक सहायता कक्षको स्थापना गर्ने भएको उनले बताए । उनका अनुसार नेपालगञ्ज बसपार्कमा सहायता कक्ष स्थापना भईसकेको छ । कोहलपुरमा उक्त कक्ष स्थापनाको तयारी भईरहेको छ । उनका अनुसार भिडभाड हुने स्थल र टिकट काउन्टरहरुमा हुन सक्ने ठगी एवं अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सादा पोशाकका प्रहरी परिचालन गरिने छ । यसैगरी बसपार्क क्षेत्रमा यात्रुको जानकारीकालागि माईकिङ् गर्ने र...
साढे २४ लाख क्षतिपूर्ति माग्दै नागरिक उड्डयन प्राधिकरणविरुद मुद्दा

साढे २४ लाख क्षतिपूर्ति माग्दै नागरिक उड्डयन प्राधिकरणविरुद मुद्दा

प्रदेश ५, समाज
बाँके,२७ असोज । एउटै मन्त्रालय मातहतका सरकारी निकायबीचको द्वन्द्व बढ्दै गएपछि जिल्ला अदालत बाँकेमा लुटपाटको मुद्दासमेत दायर भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेका नेपाल वायु सेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच द्वन्द्व बढेसँगै मुद्दा दायर भएको हो । नेपाल नागरिक उड्डयन कार्यालय नेपालगन्जका तत्कालिन निर्देशक प्रतापबाबु तिवारी र उड्डयन प्राधिकरणविरुद्ध नेपाल वायु सेवा निगम नेपालगन्जका प्रमुख मुक्तिराम पाण्डेले मुद्दा दायर गरेका छन् । तिवारी भने यहाँबाट सरुवा भएर हाल निगमको केन्द्रीय कार्यालयमा कार्यरत छन् । नेपालगन्ज विमानस्थल पसिरसरमा रहेको निगमको इन्जिनियरिङ युनिटको भवन गत असार १९ गते राती डोजर लगाएर उड्डयन कार्यालयले भत्काइदिएपछि सुरु भएको दुई निकायको विवाद अदालतसम्मै पुगेको छ । भवन भत्काइदिएपछि निगमका प्रमूख पाण्डेले उड्डयन कार्यालय प्रमूख तिवारीविरुद्...
जनजागरण समाजद्धारा पछल्डङ्ग्या र दाहाल सम्मानित

जनजागरण समाजद्धारा पछल्डङ्ग्या र दाहाल सम्मानित

प्रदेश ५, समाज
बाँके,१७ असोज । जनजागरण समाज खजुराको अध्यक्षमा नसिरुल निशा निर्वाचित् भएकी छन् । समाजको बुधवार खजुराखुर्दमा भएको १५ औँ साधारण सभाले नसिरुललाई अध्यक्षमा निर्वाचित् गरेको हो । अध्यक्षका लागि मन्शाराम कहार र मायादेवी काँदुले पनि उम्मेदवारी दिएपछि निर्वाचन भएको थियो । कुल दुई सय मतदाता मध्ये ९३ जना सदस्य निर्वाचनमा सहभागी भएका थिए । निर्वाचनमा नसिरुलले ६९ मत प्राप्त गरेर विजयी हुँदा अध्यक्षका अर्का उम्मेदवार मायादेवीले १४ र मन्शारामले ७ मत मात्र प्राप्त गरेको जनजागरण समाजले जनाएको छ । चार मत बदर भएको थियो । खजुरा गाउँपालिकाकी उपाध्यक्ष एकमाया विकको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाले उपाध्यक्षमा रमेशकुमार काँदु, सहसचिवमा हनुमान राँढ र कोषाध्यक्षमा खेमराज बर्मालाई चयन गरेको सदस्य सचिव समेत रहेका जनजागरण समाजका कार्यकारी ब्यवस्थापक रामबहादुर पुनले जानकारी दिए । समाजको विधानमा कार्यकारी ब्य...
क्षेत्रिय कार्यालयहरु लाई जिल्लामै भवन उपलब्ध गराउने निर्णय

क्षेत्रिय कार्यालयहरु लाई जिल्लामै भवन उपलब्ध गराउने निर्णय

प्रदेश ५, समाचार, समाज
बाँके,१७ असोज । जिल्ला समन्वय समिति बाँकेको समन्वय अधिकारीको अध्यक्षता मा रहेका कार्यालय प्रमुख हरुको समितिले बाँकेबाट क्षेत्रिय सरकारी कार्यालय जिल्लामै यथावत रहने गरि बिभिन्न निर्णयहरु गरी सम्बन्धित मन्त्रालयमा पठाएको छ । केही दिन देखि बाँके बाट क्षेत्रियसरकारी कार्यालय सार्ने चलखेल भईरहेकोमा सो कुरालाई नियन्त्रण गर्न मँगलवार जिल्ला समन्वय समिति बाँकेमा बैठक बसेर त्यस्तो निर्णय भएको हो । प्रदेश सभा साँसद बिजय बहादुर यादवको आतिथ्यमा भएको बैठकमा नेपालगञ्ज बाट सार्न लागिएको ५ वटा कार्यालयको लागि नेपालगञ्जमै भवन उपलब्ध गराउने निर्णय भएको समितिले जनाएको छ । मँगलवार भएको निर्णय अनुसार भेरी यातायात ब्यवस्था कार्यालय लाई जिल्ला शिक्षा कार्यालयको नया भवनमा, निर्वाचन कार्यालय लाई महिला बालबालिका कार्यालयमा तथा तथ्याँक कार्यालय लाई सहकारी डिबिजन तथा प्रशिक्षण कार्यालयमा स्थान्तरण गर्न सम्बन्धित म...
प्रेमी जोडीद्धारा विष सेवन गरि आत्महत्या

प्रेमी जोडीद्धारा विष सेवन गरि आत्महत्या

प्रदेश ५, समाज
बाँके,१५ असोज । बाँकेको कोहलपुर नगरपालिकामा सोमवार दुई जना प्रेमी जोडीले बिष सेवन गरि आत्महत्या गरेको कोहलपुर प्रहरीले जनानएको छ । कोहलपुर नगरपालिका वडा नम्बर १० चटार निवासी ४१ वर्षिय खुसीराम थारु र ३५ वर्षिय राधा थारु छिमेकी थिए । उमेरले पाका र विवाहित भएकाले उनिहरु बीचको हेलमेललाई समाजले खासै महत्व दिएन । तर उनीहरुबिच बढ्दै गएको हेलमेलले अन्तत दुबैको ज्यान लिएको छ । दुबै विवाहित भएपनि एकआपसमा बढ्दै गएको आकर्षणका कारण आत्महत्याको बाटो रोजेको खुल्न आएको छ । ४१ वर्षिय खुसीराम र उनकी प्रेमीका भनिएकी राधाले सोमबार बैजनाथ गाँउपालिका ,७ पेडारीमा बिष सेवन गरि आत्महत्या गरेका हुन । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक मान बहादुर विसीले सल्फास नामक विषादी प्रयोग गरेर दुबैले आत्महत्या गरेको जानकारी दिए । विसीले घटनास्थलबाट सल्फास नामक विषादीको ४ वटा खाली सिसि समेत बरामद गरिएको बताए । ...