Wednesday, March 12सत्यम खबर
Shadow

समाचार

अन्नुको हत्या घटनालाई पचाउन खोजिएको माइतीको दावी

अन्नुको हत्या घटनालाई पचाउन खोजिएको माइतीको दावी

प्रदेश ५, राजनीति, समाचार
बाँके,१४ असोज । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २, बाबागाउँकी २६ वर्षीया अन्नु वर्माको हत्यालाई तोडमरोड गरि कमजोर बनाउन खोजिएको दावी गरिएको छ । गत भदौ १४ गते राति घर नजीकै अन्नुको हत्या भएको माइती पक्षको दावी छ । अन्नुको हत्या अभियोगमा सासु धनदेई कुर्मी, देवर वीरेन्द्रकुमार वर्मा र स्थानीय हरिहर प्रसाद तेली हिरासतमै रहेका बेला अन्नुकी भाउजु विन्दुकमारी वर्माले पोष्टमार्टम रिपोर्ट मार्फत अभियुक्तलाई उन्मुक्ति दिने प्रपञ्च गरिएको दावी गरिन । बाँके जिल्ला अदालतमा मुद्धा दर्ता भई विचाराधिन रहेको छ । भदौ १५ गते एकाबिहानै अन्नुका पाँच वर्षीय छोराले मावलीमा फोन गरेर आमा म¥यो भनेपछि मात्रै घटनाबारे माइती पक्षलाई जानकारी भएको थियो । अन्नुको शव घरभन्दा बाहिर नालीमा टाउकोमा चोट लागिएको अवस्थामा भेटिएको थियो । पोष्टमार्टममा डा. आकाश वेल्वासले टाउकोमा चोट लागेको र पानीले डुवेर मरेको उल्लेख गरेको...
पैदलयात्रुको लागि आवागमन व्यवस्थित बनाउदै उपमहानगरपालिका

पैदलयात्रुको लागि आवागमन व्यवस्थित बनाउदै उपमहानगरपालिका

प्रदेश ५, समाचार
नेपालगञ्ज, १३ असोज । नेपालगञ्जमा पैदलयात्रुको आवागमन व्यवस्थित बनाउने काम शुरु भएकोछ। नेपालगञ्ज उप महानगरपालिकाले सडक क्षेत्रमा सडक अतिक्रमण हटाउन सुरु गरेको जनाएको छ । पैदलयात्रुको आवागमनमा अवरोध हुने गरि सडक पेटी तथा फुटपाथ कव्जाको प्रयास भएपछि उपमहानगरपालिकाले फुटपाथबाट अतिक्रमण हटाउने अभियान शुरु गरेको हो । ढल तथा नालामाथिको फुटपाथमा ठेला राख्ने, पसलेले सामान,बोर्ड,मोटरसाइकल राख्ने गर्नाले आवागमनमा कठिनाई हुनुका साथै कुरुपता बढदै गएपछि शुक्रबार कार्यवाहक नगर प्रमुख उमा थापा मगर नेतृत्वको टोलीले सुर्खेतरोडबाट सडक अतिक्रमण हटाउन सुरु गरेको हो । प्रहरी दस्तासहित जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक अरुण पौडेल, वडा नम्बर ४ का अध्यक्ष मो.सफीक वेहना,२ नम्बर वडा अध्यक्ष सुनिलसिंह हमाल, उपमहानगरपालिकाका निरीक्षण शाखाका प्रमुख पवन कनोजीया, नगर प्रहरी सहितको टोलीले नेपालगञ्ज मेडिकल ...
कोहलपुर नगर विकास समितिका अध्यक्षलाई कारवाही गरिने — मन्त्री राई

कोहलपुर नगर विकास समितिका अध्यक्षलाई कारवाही गरिने — मन्त्री राई

प्रदेश ५, राजनीति, समाचार
बाँके,१३ असोज । सहरी विकास मन्त्री राईले मनोमानी तरीकाले आफनो मनपरी गर्न खोज्ने कोहलपुर नगर विकास समितिका अध्यक्ष अबराज खडकालाई कारवाही गरिने बताएका छन । सबैलाई पायक पर्ने स्थानमा रहेको भेरी यातायात व्यवस्था कार्यालयलाई कोहलपुर सार्ने चलखेल गरेको भन्दै खडकालाई कारवाहीको दायरामा ल्याउने मन्त्री राईले बताएका हुन । जिल्लाको ग्रामीण क्षेत्रलाई समेत समेटिने गरि यातायात ब्यवस्था कार्यालय को लागि नेपालगञ्जनै उपयुक्त रहेकोले त्यस लाई अन्त्य सार्ने कुरा आफुलाई मान्य नहुने मन्त्री राईको भनाई रहेको छ । बाँकेको नेपालगञ्ज स्थित भेरी यातायात व्यवस्था कार्यालयलाई कोहलपुरमा सार्न चलखेल गरेको भन्दै कोहलपुर नगर विकास समितिका अध्यक्ष अबराज खडकालाई सहरी विकास मन्त्रालयले स्पष्टीकरण समेत सोधेको छ । सहरी विकास मन्त्री राईको निर्देशनमा सहरी विकास मन्त्रालयकी सीडीई रमिता श्रेष्ठले यातायात कार्यालय सार्ने विषयम...
अमेरिकी ग्यास स्टेशन, जहाँ १४ नेपालीको ज्यान गयो

अमेरिकी ग्यास स्टेशन, जहाँ १४ नेपालीको ज्यान गयो

आर्थिक, समाचार
२२ भदौ, अमेरिका । अमेरिकामा आएर नेपालीहरूले सुरूवात गर्ने र तरक्की गर्ने एउटा क्षेत्र ग्यास स्टेसनको रोजगारी हो । तर, त्यही ग्यास स्टेशनमा नेपालीहरु मारिने क्रम चर्को छ । अमेरिकी ग्यास स्टेसनमा नेपालीका लागि अवसरको मैदान मात्र छैन, चुनौतिको पहाड पनि तेर्सिएको छ । खासगरी, सुरक्षाको प्रश्न अहम छ । यसै क्रममा एक अध्ययनका अनुसार सन् २००४ देखि २०१८ अर्थात् १४ बर्षमा कम्तीमा १४ नेपालीले ग्यास स्टेशन वा कन्भिनेन्स स्टोरमा काम गरिरहेका बेला ज्यान गुमाएका छन् ।...
समावेशी इन्द्रजात्राः यसरी पिए महिलाले ‘जाँड’

समावेशी इन्द्रजात्राः यसरी पिए महिलाले ‘जाँड’

कला/साहित्य, प्रदेश १, समाचार
काठमाडौं । राजधानीका नेवार समुदाय इन्द्रजात्रामा रमेका छन् । बसन्तपुरमा लिंगो ठड्याएपछि सुरु भएको इन्द्रजात्रामा बुधबार विशेष दिन रहृयो । माथिल्लो टोल (ठहने) मा रथ तानेको भोलिपल्ट अर्थात आज बुधबार मलिाहरुले भैरवको मुखबाट पठाइने प्रसाद अर्थात जाँड पिएका हुन्न् । भैरवको पछाडि ‘तेप’ भन्ने ध्याम्पोमा राखिएको जाँड पाइपबाट मुखमा ल्याइएको हुन्छ । यो पिउन  महिलाहरुका लागि आज छुट्याइएको दिन हो । केही वर्ष पहिलेसम्म यो परम्परा थिएन । तर, ‘श्री श्वेत भैरव हाथा हायकेगु व्यवस्थापन समिति’ले ७ वर्ष पहिले पुरुष र महिलालाई समावेशी बनाउँदै यो परम्परा सुरु गर्‍यो । अहिले यो जात्राकै विशेष आकर्षण नै बनेको छ ।...