Friday, April 17सत्यम खबर
Shadow

स्थानीय सरकारको कार्यदक्षता मापन अन्तरक्रिया

नेपालगन्ज, ३१ भाद्र – लुम्बिनी प्रदेश अन्तरगत बाँके र बर्दिया जिल्लाका स्थानीय सरकार सञ्चालनमा बिषयगत समितिहरुको भूमिका बिषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ ।
गाउँपालिका राष्ट्रिय महासंघको आयोजना र सोच नेपालको सहकार्यमा भएको कार्यक्रममा पूर्व प्रमुख सूचना आयुक्त एवं पूर्व सचिब कृष्णहरि बास्कोटा, गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेल र सोच नेपालका कार्यकारी निर्देशक उत्तम निरौलाले स्थानीय सरकारले गर्नुपर्ने काम कर्तब्य, नीति निर्माण, आर्थिक पारदर्शिता र नागरिकको आवश्यकताका आधारमा सञ्चालन गरिएको बिकासले पार्ने प्रभावका वारे प्रशिक्षण दिएका थिए ।


संबिधानतः गठित न्यायिक समिति, गाउँसभाबाट गठित लेखा समिति, बिधायन समिति, अनुगमन तथा सुशासन समिति र कार्यपालिकाबाट गठित सामाजिक बिकास समिति, पूर्वाधार बिकास समिति, प्राबिधिक बिकास समिति, सुशासन तथा संस्थागत समिति, वन वातावरण तथा बिपद ब्यबस्थापन समिति, बिधेयक समितिको अधिकार, काम कर्तब्यका बारे अन्तरक्रिया गर्दै स्थानीय सरकारको मन्त्रीका रुपमा बिषयगत समितिका संयोजकहरु रहने गरेको बताईयो ।


कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रिय सदस्य एवं खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले नयाँ ब्यबस्थामा पहिलो पटक निर्वाचित जनप्रतिनिधिले स्थानीय तह संचालन ऐन २०७४ मा टेकेर गरिरहेको अभ्यास अनुभव साटासाट, त्यसभित्र रहेको कमीकमजोरी सच्याउने अवसरका रुपमा अन्तरक्रिया फलदायी हुने बिश्वास ब्यक्त गरे ।
स्थानीय सरकारको कार्यदक्षता मापनमा नागरिक सहभागिताका बिषयमा समेत अन्तरक्रिया भएपछि सहभागि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र बिषयगत समितिका संयोजकहरुले यस किसिमको अन्तरक्रियाले आगामी दिनमा काम गर्न मार्गनिर्देश भएको बताए । कार्यक्रममा बाँके र बर्दिया जिल्लाका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र बिषयगत समितिका संयोजकहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *