
नेपालगन्ज, २७ भाद्र – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालगन्ज उपमहानगरपालिकाको नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मनोज श्रेष्ठको अध्यक्षतामा ४० सदस्यीय नगर समिति चयन गरेको छ । नगर समितिको सचिव रवि वर्मा, कोषाध्यक्षमा दिपेन्द्र श्रेष्ठलाई सर्व सम्मत चयन गरिएको छ ।
अधिवेशनको उद्घाटनशत्रलाई सम्बोधन गर्दै राप्रपाका कार्य सम्पादन समितिका सदस्य प्रेमबहादुर भण्डारी, डा.धवल सम्शेर राणा, फत्तेसिंह थारु र केन्द्रिय सदस्य ऋषिराज देवकोटाले पार्टीलाई सुदृढ गर्दै लैजानेमा जोड दिदै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालगंज उपमहानगरपालिकाको नगर अधिवेशनले ४० सदस्यीय नगर समिति सर्व सम्मतले चयन हुनु जनतामा सकारात्मक सन्देश दिएको उललेख गरे ।