Friday, March 14सत्यम खबर
Shadow

जानकी गापा अध्यक्ष यादवकाे मृत्यु

नेपालगन्ज, १२ भाद्र – जानकी गाउँपालिका अध्यक्ष रामनिवास यादवकाे मृत्युप्रति आज सार्वजनिक सञ्जालमा विभिन्न संस्थाका प्रमुखहरू, उनका आफ्न्तहरू, कर्मचारीलगायतहरूबाट श्रद्धाञ्जली व्यक्त गरिएकाे छ ।

बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको गएराती मृत्यु भएको छ । गएराती एक्कासी बिरामी भएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ ।

प्रेसर घटेपछि शुक्रबार साँझ ६ बजे अस्पताल लगिएको यादवको राती एक बजे मृत्यु भएको थियो । अध्यक्ष यादवको शवलाई विहानै घर लगिएको र आजै दाहसंस्कार गरिने पनि पारिवारिक स्रोतले जनाएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा यादवले एमालेबाट जानकी गाँउपालिकाको अध्यक्षमा चुनाव जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *