
नेपालगन्ज, ११ भाद्र – राष्ट्रिय युवा संघ नेपाल बाँकेका अध्यक्ष तिलक वीर सुनारको अध्यक्षतामा बसेको बैठकले नेपालगन्ज उपमहानगरपालिका स्तरिय राष्ट्रिय युवा संघ नेपाल सत्तरी सदस्यीय कमिटी धनबहादुर सुनार (सान बाबु) को अध्यक्षतामा गठन गरिएको छ ।
सुनारका अनुसार उक्त कार्यक्रमको अध्यक्षतामा राष्ट्रिय युवा संघ नेपाल बाँकेका जिल्ला अध्यक्ष तिलक वीर सुनार, प्रमुख अतिथी – रबिन्द्र लम्साल (राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिब), विशिष्ट अतिथी – सुनिता कार्की, देवराज भार, सुर्य ढकाल, अतिथि – खेमराज शर्मा (राष्ट्रिय युवा संघ नेपाल बाँके इन्चार्ज), मोहित शाह (अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य), मनोज बि.क. (राष्ट्रिय युवा संघ नेपाल बाँके उपाध्यक्ष), विपेन्द्र लामा (कालु) (राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य), दत्तप्रसाद आचार्य, कृष्णा पाठक, दिनेश के.सि. (अनेरास्ववियु बाके अध्यक्ष), सुमन घिमिरे (अनेरास्ववियु केन्द्रिय सदस्य) लागायत विभिन्न सामाजिक अभियन्ताहरुको सहभागिता रहेको थियो ।
यसैगरी, नगर कमिटीमा धनबहदुर सुनार (सानबाबु) संयोजक, स-संयोजक : वविन गुरूङ्ग, बिरेन्द्र थापा, गणेश जि.एम., शुशान्त के.सि., सचिवमा निर्मल खत्री, उपसचिवमा गोबिन्द वर्मा, कोषाध्यक्षमा स्याम जि.सि.लाई चयन गरिएकाे छ ।
यसैगरी सदस्यहरुमा क्रमशः अयुव इदरिसी, सद्दाम शाह, सोय विश्वकर्मा लगायत सत्तरी सदस्यिय कमिटी गठन भेलाद्वारा चयन गरिएकाे छ ।
नव गठित संघका अध्यक्ष सुनारका अनुसार अब उक्त टिमले उपमहानगरपालिका भित्र भएका बिकृती बिसङगतीका बिरुद्द लडने र समाजमा अन्यायमा परेकालाई न्याय दिलाउने पक्षमा पाईला चाल्ने बताएका थिए ।