Friday, March 14सत्यम खबर
Shadow

उपमहानगर डुबानमा, जिम्मेवारी पक्ष मौन !

नेपालगन्ज, ११ भाद्र – नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका २३ वटै वडाहरु एक दिनको वर्षातले गर्दा डुबानमा परेका छन् । विहिबार राती परेको अबिरल वर्षाका कारण उपमहानगर नै डुकानमा परेको देखिन्छ ।
कारण धेरै होला तर निकासतर्फ सम्बन्धित पक्षहरुले कतै पहल गरेको पाईन्छ । कुनै पनि वडाका प्रतिनिधिहरुले समेत वर्षातमा यस्तै हुन्छ भनी आफ्नो जिम्मेवारीबाट पञ्चिरहेका छन् ।


नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष कैफुलबरा जोलाहले फोन समेत नउठाएको गुनासो वडा नं. ५ का स्थानीयहरुको रहेको छ । वडा नं. ५ को भित्रि गलीमा मात्र नभई सडक धेरैमा समेत घरभित्र पानी पसी आम सर्वसाधारणहरुलाई नोक्सान पु¥याएको शुभम शर्माले बताए ।
शर्माका अनुसार वडा भित्र समयमा ठूलो नालाहरुको सरसफाई गरिएको भए आज हामी डुबानमा पर्ने थिएनौं । यसबारे वडाअध्यक्ष जोलाहलाई फोन गर्दा उनले फोन समेत नउठाएको बताउँछन् ।


वडा नं. ५ मात्र नभई अन्य २३ वटै वडामा समस्या भनेकै भएको नाला भित्र फोहोर जम्नु र समयमा फोहोर सफा नहुँदा सडक माथि नै पानी रहेको वडा नं. ७ एमपिस्कूल बाटो हेर्दा प्रष्ट देखिन्छ । सम्बन्धित पक्षहरुले नाला सरसफाई र पानीको निकासमा समयमै ध्यान नदिंदा पटक–पटक नेपालगन्जका डुबानमा पर्दै आईरहेको वडा नं. ५ का आदित्य प्रसाद शर्मा बताउँछन् ।
बिहीवार मध्यरातीमा भएको भिषण बर्षाले नगरका धेरै क्षेत्र जलमग्न हुन गै दर्जनौं घरहरु डुबानमा परेको स्थानीयहरुले जनाएका छन् । तर, डुबानको कुरा सञ्चार माध्यममा आयो भने तथानाम प्रतिक्रिया दिने मेयर धवल शमसेर राणालाई कुनै पनि वास्ता छैन उनले अब नगर नडुब्ने भनेर गरेको घोषणा कागज र भनाइमा मात्र सीमित भएको ठहर्छ ।


नगरमा ढल निकासका लागि निर्माण गरिएका अधिकांश ठुला साना नालाहरु फोहोरले थुनिंदा पानीको निकास बन्द भएको र केही स्थानमा नाला निर्माण नगरिएकोले ठाउँहरु जलमग्न भएका छन् ।
निरन्तरको बर्षाले गर्दा नेपालगन्जको वडा नम्बर ४, ५, ६ र ७ का अधिकांश स्थान जलमग्न भै डुबानमा परेको छ । पानी जमेका कारण नगरका स्थानीयका दर्जनौ घर र पसलमा समेत पानी पसेको छ । वडा नम्बर १,२,३,४, ५, ६, ७, ८, ९, र १२ का धेरै घरमा पानी पसेर समस्या परेको उक्त क्षेत्रका स्थानीय वासिन्दाले जनाएका छन् ।


फुल्टेक्रा, सुर्खेतरोड, ईदगाहरोड, न्यूरोड, एमपि स्कूल रोड र अन्य धेरै स्थानमा पानीको निकासका लागि बनाईएका ठुला ठुला नालाहरुको सफाई नगरिंदा बर्सेनी यस्तो समस्या हुने गरेको अधिकांश स्थानीयको भनाई रहेको पाईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *