Tuesday, April 28सत्यम खबर
Shadow

१६ सैय्याको आइसोलेशन वार्ड डुडुवामा निर्माण

डुडुवा, १७ बैशाख – बाँके डुडुवा गाउँपालिकाले वडा नंंं.१ सन्तलिया गाउँस्थित बहुउद्देशिय भवनलाई १६ सैय्याको अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार पारेको छ । कोभिडको संक्रमणबाट गम्भीर विरामीहरुको उपचार सुरु गर्ने गरि आईसोलेसन केन्द्र तयार पारिएको हो ।
आइसोलेशन वार्डमा अक्सिजन, अक्सिजन सक्सन कन्सन्टे«ड, अक्सिजन ऐलीडन्ट सक्सन मेसिन, अक्सीमिटर, स्वास्थ्य सरसफाईका सामाग्रीसहितको सुविधा सम्पन्न वार्ड तयार गरिएको स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार गाउपालिका भित्र कोभिड संक्रमणका विरामीलाई राखेर उपचार गरिनेछ भने उपचारका क्रममा विरामीलाई साह्रै अप्ठयारो भएमा एम्बुलेन्समार्फत भेरी अस्पताल रिफर गरिनेछ ।


कोरोना संक्रमितहरु अहिले होम आइसोलेसनमा रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था बारे जानकारीका लागि स्वास्थ्यकर्मीद्वारा फोन र अनुगमन गर्ने कार्य भइरहेको छ । गाउँपालिकाले पिसिआर जाँचका लागि वार्ड नंं २ स्थित बेतहनी स्वास्थ्य चौकीमा स्वाब संकलन गरिरहेको छ ।
कोरोना संक्रमित विरामीहरुको उपचार सेवाका लागि स्वास्थ्यकर्मी, औषधी, आइसोलेसन वार्ड, स्वाब संकलन, हेल्थ डेक्स, एम्बुलेन्स लगायतका सेवा दिइरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । कोरोनाको दोस्रो लहरबाट बच्न सबैले विशेष सावधानी अपनाई स्वास्थ्य सुरक्षाका सामाग्री अपनाएर घरभित्रै बस्न अध्यक्ष चौधरीले आग्रह गर्नुभएको छ ।
गाउँपालिकाले सिमानाका अन्तर्गत तीन वटा स्थानमा हेल्थ डेक्सको स्थापना गरि आवतजावत गर्ने नागरिकहरुको स्वास्थ्य परिक्षण गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *