Monday, May 4सत्यम खबर
Shadow

नेपालगन्जमा अक्सिजन वार्ड तयार

नेपालगन्ज, बैशाख १५ – नेपालगन्ज उपमहानगरपालिकाले रामलिला मैदानस्थित तालिम केन्द्रमा ५० सैय्याको अक्सिजन सहितको आइसोलेसन केन्द्र तयार पारेको छ । कार्यबाहक नगरप्रमुख उमा थापा मगरका अनुसार, बिहिवारदेखि कोभिडका विरामीहरुको उपचार सुरु गर्ने गरि आईसोलेसन केन्द्र तयार पारिएको छ ।
भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा उपमहानगरपालिकाले आइसोलेसन वार्ड सञ्चालन गर्न लागेको कार्यबाहक नगरप्रमुख थापा मगरले जानकारी दिनुभयो ।


बुधबार कार्यबाहक नगरप्रमुख उमा थापा मगर, वडा नम्बर २ का वडा अध्यक्ष सुनील सिंह हमाल, भेरी अस्पताल नेपालगन्जका प्रमुख डा. प्रकाश थापा र डा. बद्री चापागाईले आईसोलेसन वार्डको अनुगमन गर्नुभएको छ ।
अनूगमनपछि डा. थापाले आईसोलेसन वार्ड सुविधा सम्पन्न रहेको भन्दै यसबाट भेरी अस्पतालमा विरामीको चाप कम गर्न समेत सहज हुने बताउनुभयो । भेरी अस्पताल र उपमहानगरपालिकाले तयार गरेको आईसोलेसन वार्ड नजिकै रहेको भन्दै डा. थापाले भेरी अस्पतालबाट चिकित्सकको सहयोग हुने बताउनुभयो । उपमहानगरपालिकाले आइसोलेसन वार्ड सञ्चालन गरेपछि भेरी अस्पतालमा विरामीको चाप कम हुनेछ ।
नेपालगन्ज उपमहानगरपालिकाले सामान्य विरामीका लागि ह्वाईटहाउसमा समेत आइसोलेसन वार्ड सञ्चालन गरिरहेको छ । आईसोलेसन वार्ड तयार गरेको उपमहानगरपालिकाले कोरोना परीक्षणका लागि स्वाव सङ्कलन कार्य समेत सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *