Thursday, May 7सत्यम खबर
Shadow

कोरोना संक्रमणको व्यवस्थापन गर्न प्रशासनको ध्यानाकर्षण

नेपालगन्ज, ७ बैशाख – बाँकेका नागरिक समाजका अगुवाहरुले विभिन्न माग राख्दै स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
सिमा नाका हुँदै नेपाल भित्रिएका नागरिकहरुको कोभिड–१९ को संक्रमण भए नभएको सुनिश्चितताको लागी आवश्यक परिक्षण गर्नुपर्ने, सबै स्थानिय तहहरुमा आवश्यक संख्यामा स्वास्थ्य मापदण्डसहित क्वारेन्टाइन र आइशोलेसन केन्द्रहरु निमार्ण गर्ने, सार्वजनिक तथा भिडभाड हुने स्थानमा अनिवार्य रुपमा स्वास्थ्य मापदण्डको पालना गराउनुपर्ने, सामाजिक भेटघाट, होटल, रेस्टुरेन्ट, खाद्यान्न किराना पसलहरुमा अनिवार्य रुपमा भौतिक दुरी कायम गर्न लगाउने, सार्वजनिक सचेतनाका लागि कोभिड १९ सम्बन्धी सूचनाहरु आमसञ्चार माध्यम र चोक चोकबाट माईकिङ गर्ने, सार्वजनिक यातायातहरुमा अनिवार्य रुपमा स्यानिटाइजर राख्न लगाउने तथा यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने, सिट संख्याभन्दा वढी यात्री राख्न नपाउने कुराको ब्यवस्था गर्नुपर्ने, संक्रमित महिला, गर्भवती महिला, एकल महिला, बालबालिका, फरक क्षमता भएका ब्यक्ति, दिर्घ रोगी, जेष्ठ नागरिक, लैंगिक तथा यौनिक अल्पसंख्यकहरु अति विपन्न वर्गहरुलाई क्वारिन्टाइन तथा आईसोलेसन केन्द्रमा प्राथमिकतामा राखेर उपचार गर्नको लागि पहल गनुपर्ने लगायत माग रहेको छ ।


सूचना र मानवअधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी नेतृत्वको नागरिक समाज अगुवाको समुहले आज मंगलबार स्थानीय प्रशासनको ध्यानकषर्ण गराईएको छ । ज्ञापन पत्र बुझदै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले यसबारे आवश्यक छलफल गरि कार्यन्वयनतर्फ पहल गर्ने प्रतिबद्धता गर्नु भएको थियो । नागरिक समाजका अगुवाहरुको हिजो बसेको बैठकले कोरोना संक्रमणको महामारी भयावाह स्थितीमा पुग्न लागेको भन्दै समयमा सावधानी अपनाउन र जोखिम न्युनीकरणका लागि स्थानीय प्रशासनको ध्यानाकषर्ण गराउने निर्णय भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *