Friday, November 22सत्यम खबर
Shadow

विद्यालयमा स्वास्थ्य सुरक्षा सामाग्री वितरण

डुडुवा, ५ बैशाख – कोरोना महामारीको संक्रमणको दर तिब्र रुपमा बढेपछि स्थानीय तहहरुले पनि जोखिम न्युनीकरणका लागि आवश्यक तयारी थालेका छन् । शिक्षक र विद्यार्थीहरुमा कोरोना संक्रमण पुष्टी भएपछि डुडुवा गाउँपालिकाले उच्च सतर्कता अपनाएको छ । गाउँपालिकाले बढी संक्रमण देखिएको डलैपुर मावि र आधारभुत विद्यालय अम्रहवा बन्द गरेको छ भने अन्य विद्यालयहरुमा स्वस्थ्य सुरक्षा अपनाएर सञ्चालन गरिएको छ ।


गाउँपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरुमा आज आईतबारदेखि स्वस्थ्य सुरक्षा सामाग्री वितरण गर्न शुरु गरिएको छ । विद्यालयका विद्यार्थी र शिक्षकहरुलाई मास्क, हात धुने साबुन र डिर्टजेन्ट पाउडर, ज्वरो नाप्ने थर्मलगन, सेनेटरी प्याड लगायतका सामाग्री वितरण गर्न थालिएको गाउँपालिका अध्यक्ष नरेन्दकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार अहिले विद्यार्थी र शिक्षकलाई कोरोना संक्रमणको जोखिमबाट बचाउन स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराई सावधानी अपनाइएको छ ।
डुडुवामा १६ वटा सामुदायिक विद्यालय, १४ वटा मदरसा, ७२ वटा बालविकास केन्द्र र १ वटा गुरुकुल रहेको शिक्षा शाखाले जनाएको छ । ती सबै विद्यालयहरुमा जोखिम न्युनीकरण गर्नका लागि स्वास्थ्य सामाग्री वितरण गरिनेछ । गाउँपालिकाले कोरोना संक्रमणको जोखिम न्युनीकरण र संक्रमित विरामीको उपचारका लागि कोभिड वार्डको व्यवस्थापन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *