Sunday, November 24सत्यम खबर
Shadow

सामुदायिक कुकुरको बन्ध्याकरण

नेपालगन्ज, १३ चैत – नेपालगन्ज उप–महानगरपालिकाले सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण गर्न सुरु गरेको छ ।


नेपालगन्जको रामलिला मैदानस्थित नारी विकास केन्द्रमा चैत ११ गतेदेखि सुरु सामुदायिक कुकुरको बन्ध्याकरण शिविर चैत १८ गतेसम्म सञ्चालन हुनेछ । नेपालगन्ज उपमहानगरपालिका पशु सेवा शाखा प्रमुख लक्ष्मी चन्द शाहीका अनुसार एनिमल नेपालसँगको सहकार्यमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो ।
हालसम्म ९३ सामुदायिक कुकुरहरुको बन्ध्याकरण भईसकेको छ । एनिमल नेपालले शहरका विभिन्न ठाउँबाट कुकुरहरु जम्मा गरेर शिविरमा ल्याई बन्ध्याकरण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *