नेपालगन्ज, २९ फागुन – भ्रष्टाचार विरुद्ध देशैभरी सञ्जाल विस्तार अभियान अन्तर्गत आज शनिबार बासले बर्दियाको बारबर्दिया नगरपालिकामा उपशाखा गठन गरेको छ । नवगठित उपशाखाको अध्यक्षमा जोशिना थारु रहेकी छिन ।
यसैगरी उपाध्यक्षमा निमबहादुर विक, सचिवमा अर्जुन चौधरी, सहसचिवमा निर्मला चौधरी र कोषाध्यक्षमा उर्मिला थारु रहेका छन् । उपशाखाको १३ सदस्यीय समितको सदस्यहरुमा अतित चौधरी, अजय थारु, प्रियाङका चौधरी, स्मारिका चौधरी, अमित क्षेत्री, तारा कडेल हेमबहादुर थारु र सविर चौधरी रहेका छन् ।
उपशाखा गठन कार्यक्रममा बासका केन्द्रिय अध्यक्ष रमेस सिटौला, निर्वतमान अध्यक्ष मन भण्डारी, बासका कार्यकारी निर्देशक नमस्कार शाह, केन्द्रिय सचिव खुमेश सुवेदी, पूर्व केन्द्रिय कोषाध्यक्ष सत्य प्रकाश यादव, बासको बासगढी उपशाखाका अध्यक्ष राजु चौधरी लगायतले बोलेका थिए ।