
नेपालगन्ज, २५ फागुन – १११ औं महिला दिवसको अवसरमा सोमबार “मिशन नारी शक्ति” (आत्मरक्षाको तालिम) कार्यक्रमको उद्घाटन एवम् पत्रकार सम्मेलन समारोह सम्पन्न गरिएको छ ।
कार्यक्रममा वर्तमान अवस्थामा आफूलाई परिवर्तन गर्न के कसरी भूमिका निर्वाह गर्न र आफूलाई घरभित्रको चुलो–चौकामा मात्र सीमित नराखी समाजमा समेत योगदान दिनु हुन सबै नारी शक्तिहरुलाई अग्रसर हुनुपर्ने कुरामा वक्ता संगीता वैश्यले जोड दिनुभयो ।
भुमी सम्बन्धी समस्या समाधान आयोग २०७६ बाँकेका अध्यक्ष शान्ति ढकालको प्रमुख आतिथ्य तथा यशोधरा गुरूमा (भगवती सापकोटा) को विशिष्ट आतिथ्यमा सम्पन्न “मिशन नारी शक्ति” (आत्मरक्षाको तालिम) मा छात्राहरुले आफूलाई आवश्यक पर्दा कसरी आत्मरक्षा गर्न सकिन्छ, आफ्नो बचाव अरुबाट गर्न कस्तो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ भनी सिकाईने कार्यक्रम संयोजक कृष्णादेवी पाण्डेयले बताउनुभयो ।
“मिशन नारी शक्ति” आत्मरक्षाको तालिम नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका विद्यालयहरुमा गई ११ दिनसम्म छात्रछात्राहरुलाई सिकाईने जानकारी गराउँदै उक्त तालिममा प्रशिक्षक रञ्जित गिरी तथा होमबहादुर सुनारलगायतले सहयोग गर्ने संयोजक पाण्डेयले बताउनुभयो ।
कार्यक्रममा मीना सुवेदी ढकाल, कृष्णमुरारीप्रसाद भट्ट, विष्णुप्रसाद सुबेदी, रेवती सिंह, संगीता वैश्यलगायतले महिला शक्ति बारे आ–आफ्नो धारणा राखेका थिए ।
भेरी प्राविधिक शिक्षालय प्रधानाध्यापक आशा श्रेष्ठको सभापत्विमा सम्पन्पन्न “मिशन नारी शक्ति” कार्यक्रमको सञ्चालन भावना सापकोटाले गर्नु भएको थियो ।
कार्यक्रममा गृहस्थ जीवन त्याग गरी बौद्ध धर्ममा लागी आफ्नो बाँकी जीवन निर्वाह गर्ने यशोधरा गुरुमालाई सम्मान गरिएको थियो ।





