Sunday, April 12सत्यम खबर
Shadow

मैत्रीपूर्ण फुटसलमा प्याब्सन बिजयी

नेपालगन्ज, २४ फागुन – १११ औं महिला दिवसको अवसरमा सोमबार आयोजना गरिएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्याब्सन टिम बिजयी भएको छ । नेपालगन्जको न्युरोडस्थित नेपालगन्ज फुटसल खेल मैदानमा भएको प्रतियोगितामा प्याब्सनले नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेलाई पराजित गर्दै बिजेता बन्न सफल भएको हो ।


प्याब्सनले घरेलुलाई दुई गोलले पराजित गरेको हो । यस्तै प्रतियोगितामा घरेलु टिम उपबिजेता बन्न सफल भएको छ । उसले जनप्रतिनिधिलाई पराजित गर्दै उपबिजेता बन्न सफल भएको हो । उसले जनप्रतिनिधिलाई दुई गोल गरेर पराजित गरेको थियो ।


त्यस्तै प्रतियोगितामा अन्तरपार्टी महिला संजाल बाँके तेस्रो हुन सफल बनेको छ । बिजेता सबै टिमलाई प्रमाण पत्र तथा ट्रफी प्रदान गरिएको छ । बिजेताहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सुमित्रा चौधरी, उपमेयर उमा थापाले पुरस्कार प्रदान गर्नुभएको थियो ।
यसैगरी, नारी दिवस कै अवसरमा नेपालगन्जको सेतु बिक चोकमा दिप प्रज्वलन गरिएको छ । सोमबार साँझ नेपालगन्ज सेतु बिक चोकमा दिप प्रज्वलन गरिएको हो ।


दिप प्रज्वलन कार्यक्रममा नेपालगन्जका बिभिन्न संघ संस्था, नेपालगन्जका उपमेयर उमा थापा, कार्यपालिका सदस्य मञ्जु नेपाल, वडा नं १० का वडा सदस्य बसन्ता जोशी, वडा नं २ का वडा स्दस्य आशा शाही, महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख शोभा शाह लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *