Sunday, April 26सत्यम खबर
Shadow

पार्टी एकता राष्ट्रिय अभियानको जिल्ला भेला सम्पन्न

नेपालगन्ज, २२ फागुन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको जिल्ला भेला बाँकेको नेपालगन्मा शुक्रबार सम्पन्न भएको छ । सो भेलाबाट डोलराज अर्याल संयोजक र रुबी खान सह संयोजक रहेको १०१ सदस्यी पार्टी एकता राष्ट्रिय अभियान जिल्ला समन्वय समिति बाँके गठन गरिएको छ । भेलामा बाँकेका आठ वटै पालिकाहरुबाट प्रतिनिधिमुलक उपस्थिति रहेको र अब केही समय भित्रै सबै पालिकाहरुमा पालिकास्तरका समन्वय समितिहरु गठन गर्ने संयोजक डोलराज अर्यालले जानकारी गराए ।


भेलामा एकता राष्ट्रिय अभियानका केन्द्रीय सचिवालय सदस्य पूर्व सांसद हिक्मत बहादुर शाही र केन्द्री सदस्य कमल बस्नेतले एकता राष्ट्रिय अभियानको आवश्यकता, यसको औचित्यता र यसको उद्देश्य सहित अवधारणा माथि प्रकाश पारेका थिए । भेलामा अभियानका केन्दीय सदस्यहरु भीम रावत, मो.शेरबागबान, रुबी खान, जनार्दन के.सी., दमन थापा तथा अजबहादुर मल्ल सहित करिब १ सय ५० जनाको सहभागीता रहेको थियो पत्रकार भीम रावतले जानकारी गराएका छन् ।


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको अन्तरसंघर्षलाई देखाउँदै गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिभिसभाको आकस्मीक रुपमा विघटन गरे पश्चात नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झण्डै झण्डै विभाजनको अवस्थामा पुगेको छ ।
पार्टी भित्र देखिएको यस्तो विग्रहको अवस्थामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई एकतावद्ध गराउने उद्देश्यले सो पार्टीका केन्द्रीय उपाध्यक्ष वामदेव गौतमले कुनै पनि पक्षमा नलागि आफ्नै संयोजकत्वमा पार्टी एकता राष्ट्रिय अभियान गठन गरी एकताको अभियान चलाइरहेका छन् । प्रतिनिधिसभाको पुनसर््थापना पश्चात नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अझै पनि एकतावद्ध हुनसक्ने संभावना जिवितै रहेकाले यो अभियानलाई जनस्तर सम्म लैजानु पर्ने आवश्यकता रहेको भेलामा सहभागीहरुले प्रतिक्रिया दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *