Sunday, April 26सत्यम खबर
Shadow

६ महिलासहित ५८ जनाले गरे रक्तदान

नेपालगन्ज, १५ फागुन – नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–२१ पुरैनामा रहेको श्रद्धा ईंट्टा उद्योगको आयोजनामा तथा नेपाल रेडक्रस सोसाईटी बाँकेको सहकार्यमा नेपालगन्ज उपमहानगरपालिका र राप्ती सोनारी गाउँपालिकाबाट ६ महिला सहित ५८ जनाले रक्तदान गरेको श्रद्धा ईट्टा उद्योगका प्रबन्धक सुधिरप्रताप सिंहले बताउनुभयो ।


समाजसेवी माधवराम वर्माको प्रमुख आतिथ्यमा सम्पन्न बृहत रक्तदान कार्यक्रमको श्री नव दुर्गा पूजा समिति फुल्टेक्रा तथा जय माँ ज्वाला शक्ति क्लब शिव मन्दिर चौक, फुल्टेक्राको व्यवस्थापनमा उत्साहपूर्वक रुपमा महिला तथा पुरुषहरुले रक्तदान गरेको सहयोगी मुकेश गुप्ताले बताउनुभयो ।


उक्त रक्तदान कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–६, २, १०, १८, १९, २० र राप्ती सोनारीगाउँपालिका वार्ड नं.–६ फत्तेपुर लगायत विभिन्न स्थानबाट उत्साहपूर्वक रक्तदान गर्नका लागि रक्तदाताहरु आउनुभएको थियो ।


उक्त रक्तदान कार्यक्रममा कस्तुब शमशेर जबरा, दुर्लभ रक्तदाता अनिता राणा, मंगल बनिया, दिप श्रेष्ठ, सुनिल साहु, पे्रमकुमार यादव, सुखदेव चौहान, मीरा वर्मा, अजय साहु, भुवनकुमार बगोटी, समसाद अली बागवान, सूर्यबहादुर शाही, गेल्जे शेर्पा, दुर्गा महत, बलीराम यादव, अजय कश्यप, रामबाबु बैश्य, शशी पाल, रतिमान बोहरा, नरेश खत्री, शिवकुमार कुम्हार, भरत बैश्य, निखिलकुमार बैश्य, रवि सोनी, मनमोहन साहु, अर्जुन गुप्ता, अजयकुमार कुम्हार, उत्तमकुमार बैश्य, ओम बिक्रम थापा, निमबहादुर बुढाथोकी, रमेश थारु, आर.के चौधरी, नूरअली कबडिया, राहुल कश्यप, सचिन साहनी, मिनकुमार थापाले रक्तदान गरेका थिए ।


यसैगरी, सियाराम बैश्य, अखिलेश सिंह, सागर श्रेष्ठ, सिद्धार्थ थापा, सुमन शाही सिंह, रोहित राणा, पूजा शाह, देवराम ठाकुर, सत्यप्रकाश वर्मा, राकेश भारती, सुरेशबहादुर श्रेष्ठ, बिजय कोरी, दिलावर सिकली, रामधीरज बैश्य, शेषराम गोडिया, ओमप्रकाश बनिया, निकेश सिंह, सुजित गुप्ता, कधईलाल साहु, भिम सिंह पटेल लगायतले रक्तदान गर्नु भएको थियो ।


फुल्टेक्रा शिव मन्दिर चोक स्थित रहेको हैब्रोन स्टार ईङ्गिश मिडियम बोर्डिङ्ग स्कूलको प्राङ्गणमा सम्पन्न रक्तदान कार्यक्रममा वार्ड नं. ६ का वडाध्यक्ष समीरप्रताप सिंह, महिला सदस्य साबित्री शर्मा र वडा सदस्य दिपक श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रका सोमप्रकाश सापकोटा, सुनिता कुमाई, संदिप आचार्य, सुजाता कार्की, केशर सिंह डांगी र बिरेन्द्र योगीले प्राविधिकमा सहयोग गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *