कोहलपुर फागुन, २ गते । बाँकेको कोहलपुरमा तेस्रो अन्तर मावि मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आजदेखि सुरु भएको छ । ‘राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराका साथ प्रतियोगिता कोहलपुर नगरपालिकाको आयोजना तथा कृष्ण माध्यामिक विद्यालयको व्यवस्थापनमा भएको छ । प्रतियोगिता गत माघ ३ गतेदेखि सुरु हुने भनिएता पनि बर्षातका कारणले गर्दा पछि सारिएको थियो । प्रतियोगिताको जिल्ला समन्वय समिति बाकेका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी अजय कुमार श्रीवास्तबले उदघाटन गरेका थिए । कार्यक्रमको उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथी श्रीवास्तबले शिक्षा र खेलकुद मा कोहलपुर नगरपालीका बाके मै पहिलो भएको उल्लेख गदै खेलकुद प्रतियोगिताले बिधार्थीमा शारिरीक, मानशिक तथा नैतिकताको बिकास हुने भएकोले बिशेष महत्ब राखेकोले यस्ता प्रतियोगिता सञ्चालन गर्नु गौरबको कुरा रहेको बताए ।
यस्तै उनले अहिलेको सन्दर्भम खेल जगतले ठुलो फट्को मार्ने भएकोले हरेक बिधालयहरुले खेलकुद कार्यक्रम सञ्चालन गर्न जरुरी रहेको बताए । यस्तै स्थानिय स्तरकै खेल प्रतियोगिता बाटै राष्टिय तथा अन्तराष्टिय स्तरका खेलमा आफुलाई चिनाउनमा यस्ता प्रतियोगिताको बिशेष भुमिका राख्ने गरेको पनि उनले बताए । प्रतियोगितामा कोहलपुर नगरभित्रका ३३ वटा विद्यालयहरुको सहभागिता रहेको छ । जसमा सामुदायिक ११ र संस्थागत २२ वटा माध्यामिक विद्यालय रहेका छन् । ६ सय ५८ जना विद्याथीले खेलकुदमा भाग लिएको र १५ बिधाका खेलहरु समाबेश गरिएको छ।