
नेपालगन्ज २४ पौष – नेपालगन्ज उपमहानगरपालिका क्षेत्रलाई बाताबरणमैत्री बनाउनका स्थानीय सरकारको ध्यानाकर्षण गराइएको छ । नेपालको संविधानको धारा १६ मा सम्मानपुर्वक बाँच्न पाउने हक धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ भई बाच्न पाउने हक अन्तर्गत नगर क्षेत्रको बाताबरण प्रदुषणमुक्त बनाउन बाँकेका नागरिक समाजका अगुवाहरुले ध्यानाकषर्ण गराएको हुन ।
सूचना र मानवअधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी नेतृत्वको समुहले आज शुक्रबार नेपालगन्ज उपमहानगरपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएको हो । नेपाल सरकार बन तथा वातावरण मन्त्रालय बातावरण विभागको मिति २०७७ पौष २१ गते प्रेस विज्ञाप्तीमार्फत नेपालगन्ज बायु प्रदुषणको मात्रा उच्च रहेको देखाएको छ ।
नेपालगन्ज शहरमा बायु प्रदुषणको मात्रा बढेपछि वायु प्रदुषण न्युनीकरणका लागि नगरपालिकाबाट फोहरमैला व्यवस्थापन, कम्तीमा हप्ताको एक दिन शनिवार पेटूोल डिजल तेलबाट चल्ने सावारी साधन (अत्यावश्यक बाहेक) बन्द गर्ने, रुख बिरुवाहरु रोप्न प्रोत्साहन गर्ने, विकास निर्माण बाटो बनाउदा धुलो नउडने पानी हल्ने व्यवस्था गर्नु पर्ने, वातावरण सरंक्षण सम्वर्धनका बारेमा सचेतना अभिबृद्धि गर्नुपर्ने, कलकारखानाबाट निस्कने धुवा धुलो मापदण्ड अनुसारको उचित ब्यबस्थापनगर्नु पर्ने र पशु चौपायाको मलहरु तत्कालै व्यवस्थापन गर्नुपर्ने लगायत माग रहेको छ ।
ज्ञापन पत्र बुझाउने कार्यक्रममा ग्रिन नेपालगन्ज क्लिन नेपालगन्जका डा विनोद कर्ण, हेमन्तराज काफ्ले, नागरिक अभियन्ता बलबहादुर चन्द, पुर्णबहादुर खडका लगायतको सहभागिता रहेको थियो ।


