Friday, January 16सत्यम खबर
Shadow

यौन तथा प्रजनन बारे खुलेर छलफल गर्न आवश्यक

नेपालगन्ज २२ पौष – यौन तथा प्रजनन स्वास्थ्य अधिकार विषयक अभिमुखिकरण गोष्ठिमा सहभागीहरुले यौन तथा प्रजनन् स्वास्थ्यबारे खुलेर छलफल गर्न आवश्यक रहेको बताएका छन् ।
बुधवार बी ग्रुप नेपालगन्जले आयोजना गरेको यौन तथा प्रजनन स्वास्थ्य अधिकार बारे छलफल कार्यक्रममा संचारकर्मीहरुले स्वास्थ्य विषय आफैमा गम्भीर भएको हुनाले यसलाई रोकथाम तथा जनचेतनाको लागि खुलेर बहस गर्न आवश्यक रहेको कुरामा जोड दिएका हुन् ।


बी ग्रुपले बालिका तथा युवा सशक्तिकरण परियोजना अन्तर्गत् यौन तथा प्रजनन अधिकारका सवालमा किशोंरावस्थाका युवायुवतीहरुलाई सचेतिकरण कार्यक्रम गर्दै आएको परियोजना संयोजक दिनेश चौधरीले जानकारी गराउनुभयो ।
संयोजक चौधरीका अनुसार, यो परियोजना बाँकेको खजुरा गाउँपालिका र बर्दियाको मधुवन नगरपालिका र बारबर्दियामा विगत दुई वर्षदेखि चलिरहेको छ । खासगरी किशोरावस्थामा आउने परिवर्तन र त्यसबारेको बुझाइ सकारात्मक बनाउन यो कार्यक्रमले बालबालिका र किशोरकिशोरीहरुको समूह गठन गर्ने गरेको छ । तीन पालिकामा १२ वटा गल्स र १२ वटा व्याइजगरी २४ वटा समूह गठन गरिएको छ । १० देखि १५ र १६ देखि २४ वर्ष उमेर समूहमा विभाजन गरेर समूह बनाइएको छ ।


यी समूहमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको बारेमा उनीहरुलाई जानकारी दिएर समुदायस्तरका अन्य बालबालिका तथा किशोरकिशोरी र युवाहरुलाई यसबारेमा सूचना प्रवाह गर्ने काम हुँदै आएको संयोजक चौधरीले जनाउनुभयो । नेपाल जनसांखिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार, अहिले पनि उमेर नपुगेरै गर्भधारण गर्ने र बा आमा बन्ने किशोरकिशोरीको संख्या डर लाग्दो छ ।


उक्त तथ्याङ्कबारे जानकारी दिदै खजुरा गाउँपालिकाका स्वास्थ्य शाखा उप संयोजक टीकामाया गुरुङले नेपालको कुल जनसंख्याको १७ प्रतिशत किशोरी उमेर नपुग्दै आमा बन्ने गरेको बताउनुभयो ।
जसका कारण मातृ मृत्युदर घटाउन चुनौतिपूर्ण छ भने शिशु मृत्युदर पनि बढेको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुरसिंह थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रम प्लान नेपालको सहकार्य र बि गु्रपको आयोजनामा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *