Sunday, April 26सत्यम खबर
Shadow

अपडेट : बर्दियामा २ जना संक्रमित थप, हालसम्म १८ को मृत्यु

बर्दिया, ११ पौष – शनिबार बर्दियामा २ जना कोरोना संक्रमित भएको पुष्टि भएको छ ।
बाँके जिल्लाका तिन वटा प्रयोगशालामा गरिएको परिक्षणमा २ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बर्दियाका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जनाउनु भएको छ ।
फोकल पर्सन श्रेष्ठका अनुसार आज शनिबार बाँकेको भेरी अस्पतालको ल्याबबाट २, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्याबबाट ० र बागेश्वरी ल्याबबाट ० गरी जम्मा २ जना कोरोना गरि संक्रमण पुष्टि भएको बताउनुभयो ।


योसँगै बर्दियामा हालसम्म १ हजार ४ सय ४७ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बर्दियाद्वारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।
यसअघि आजै कोरोना संक्रमण मुक्त हुँदै बर्दियाबाट ९ जना डिस्चार्ज भएका थिए । जसमा २ महिला र ७ पुरुष रहेका छन् ।
बर्दियामा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ हजार ३ सय ५८ पुगेको छ भने हाल विभिन्न आईसोलुसनमा ७१ जना कोरोना संक्रमितहरु उपचार रहेको बताउनुभयो ।
बर्दियामा हालसम्म कोरोना संक्रमणबाट ३ महिला १५ पुरुष गरी जम्मा १८ जनाको मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *