
काठमाण्डौ, १० पौष – पछिल्लो २४ घण्टामा देशभर थप ६ सय ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ८ जनामा कोरोना पुष्टि भएको हो ।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५७ हजार २ सय पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८ सय ९२ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४८ हजार २ सय ९२ पुगेको छ ।
त्यस्तै, यसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय १६ पुगेको छ ।
