Saturday, April 18सत्यम खबर
Shadow

‘वडाअध्यक्षले मेरो जग्गा सार्वजनिक जग्गा बनाउन खोजेको आरोप’ शर्मा

नेपालगन्ज, ५ पौष – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ का शान्ति शर्माले आफुलाई वडा अध्यक्षले बारम्बार दुख दिने गरेको बताउनुभएको छ । आईतवार शर्माले नेपालगन्जमा पत्रकार सम्मेलन गरि आफुमाथि बारम्बार वडा अध्यक्षले प्रहार गरिरहेको बताउनुभएको छ । पत्रकार सम्मेलनमा शर्माले आफ्नो व्यक्तिगत जग्गालाई सार्वजनिक जग्गा बनाउन खोजेको समेत उहाँले आरोप लगाउनुभयो ।


व्यक्तिगत मेरो नाममा रहेको जग्गा हुँदै सडक निर्माण गर्न लागेको हुनाले आफु सहमति नहुँदा बारम्बार दुख दिने गरेको उहाँले पत्रकार सम्मेलन गरि जानकारी गराउनुभयो । व्यक्तिगत जग्गा कम्पाण्ड घेरेपनि बारम्बार डोजर प्रयोग गरि क्षति पु¥याएको गुनासो उहाँले गर्नुभयो । वडा अध्यक्षको दम्भ देखाउँदै आउनुभएको हुनाले मलाई न्याय चाहियो भन्दै पत्रकार सम्मेलन गरेको उहाँले बताउनुभयो । आफुलाई विना कारण अध्यक्षको शक्ति प्रयोग गरि प्रहरी चौकीसम्म पु¥याएको उहाँले दुखेसो पोख्नुभयो ।
निजी जग्गामा लगाएको पर्खाल, चर्पी, रुख समेत काटेर वडा अध्यक्षले लगेको उहाँले जानकारी गराउनुभयो । आफु शक्तिमा भएको कारण जे पनि गरिदिन्छु भन्दै धम्की समेत दिदै आएको उहाँले पत्रकार समक्ष जानकारी गराउनुभयो । आफुलाई २०७५ सालदेखि वडा अध्यक्षले दुख दिइरहेको उहाँले बताउनुभयो । वडा अध्यक्षले एक्कासी कहिले प्रहरी, कहिले डोजर ल्याएर आउने र बाहिरबाटै कराउँदै सिधा आफ्नो बाउण्ड्री भित्र रहेको सामानमा क्षति गर्दै आएको उहाँले बताउनुभयो । वडाले बारम्बार क्षति गरेको भन्दै ५ ठाउँमा उजुरी समेत दिएको उहाँले जानकारी गराउनुभयो ।
न्यायको लागि अदालतमा मुद्दा हाल्दा समेत अदालतको अपहेलना अध्यक्षले गरेको उहाँले जानकारी गराउनुभयो । अदालतले निषेधाज्ञा जारी गर्दा समेत निषेधाज्ञाको अपमान गर्दै मेरो निजी सम्पत्तीमाथि प्रहार गर्दै आएको शर्माले जानकारी गराउनुभयो । यति लामो समय बारम्बार जग्गा विवादले श्रीमान दामोदर भट्टको मानसिक सन्तुलन समेत बिग्रिदै गएको उहाँले बताउनुभयो । वडा अध्यक्षको अनुशासन र काम गर्ने शैली कुनै किसिमको सह्रानिय नरहेको शान्तिका श्रीमान दामोदरले भन्नुभयो । शनिवार पनि एक्कासी डोजर र स्थानिय नगर प्रहरी प्रयोग गरेर मलाई हातपात गरेको उहाँले भन्नुभयो ।
अर्का एक जनाको लागि मैले निजीबाटो कसरी दिनसक्ने उहाँले भन्नुभयो । यस्तै वडा अध्यक्ष बुद्धिसागर सुबेदीले शान्ति शर्मा आफैले कानुन मिचेर अटेरी गरिरहेको बताउनुभयो । पटक पटक उहाँलाई सम्झाउदा पनि स्थानिय सरकारको भनाई नसुनेर आफुखुसी हुनुपर्ने धारणा राख्ने भएको हुनाले विवाद लम्बिदै गएको वडा अध्यक्ष सुबेदीले भन्नुभयो । सडकको विच भागबाट दायाँबायाँ बराबर नापी गरेर बाटो निकाले पनि उहाँले सडकलाई जिर्ण बनाउँदै आएको हुनाले विवाद भैरहेको वडा अध्यक्षले भन्नुभयो ।
शान्तिको व्यक्तिगत क्षतिमा कुनै किसिमको असर नगरेको र उहाँले उल्टै कामदार लगायत जनप्रतिनिधिहरुमाथि आइलाग्ने कार्य गरिरहेको उहाँले जानकारी गराउनुभयो । बाटो निर्माणको कार्य गर्दा शान्ति शर्माले आफुमाथि नै ज्यादति गरेको वडा अध्यक्ष सुबेदीले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *