Tuesday, October 22सत्यम खबर
Shadow

सिडिओको आदेशमा भारतीय नम्वर प्लेटका प्राइभेट कार निर्वाध गुड्छन्

नेपालगन्ज, १ पौष – नेपाल भारत सीमा नाका अझै खुलेको छैन् । कोरोना भाइरस महामारीका कारण गएको चैत ११ गते देखि बन्द भएको नाका सरकारले औपचारिक रुपमा अझै खोलेको छैन् । नाका नखुल्दा भारतीय नम्वर प्लेटका प्राइभेट सवारीसाधन नेपाल प्रवेश गर्न बन्देज छन् ।
तर बाँकेमा भने त्यस्ता सवारी साधन अहिले निर्वाध चलिरहेका छन् । सिडिओको अनुमतिमा भारतीय नम्वर प्लेटका कार तथा मोटरसाइकल नेपालगन्जमा चलिरहेका छन् । पहुँचका आधारमा चलेका यस्ता सवारी साधनले अवैध सामानहरु भिœयाउने गरेको तथ्य समेत खुलेको छ ।


सिडिओको आदेशमा प्राइभेट नम्वर प्लेटका सवारी साधन भन्सार गरेर नेपालगन्जमा गुडिरहेका छन् । तर पहुँच नभएका सानातिनालाई भने यो सुविधा छैन् । उनीहरु भन्सारमा धाइरहन्छन् तर भन्सारका लागि उनीहरुलाई अनुमति छैन् । नाका सिल अवस्थामा, भारतीय नम्बर प्लेटको प्राइभेट कार र मोटरसाइकल नेपालगन्ज भित्र गुडिरहेका छन् । स्थानीय प्रशासन मौन किन ? एकजना प्रशासन कै कर्मचारी भन्छन् सिडिओ सावसँग पहुँच हुनु पर्छ हजुर नत्र कहाँ भारतीय नम्वर प्लेटका प्राइभेट सवारी यसरी गुडाउन पाइन्छ ? भन्सारका लागि सिडिओ कार्यालयले पत्र लेख्नु पर्छ । पहुँचवालाले पत्र बनाइहाल्छन् ।
अत्यावश्यक कामबाहेक त्यस्ता सवारीसाधनलाई भन्सार गराइदैन् । तर अत्यावश्यक काम भनेर पहुँचवालाहरु भने निर्वाध नेपालगन्जमा भारतीय नम्वर प्लेटका सवारीसाधन चलाइरहेका छन् । त्यही सीमापारी एसएसवीले अहिलेपनि नेपाली नम्वरका मोटरसाइकल लैजान दिदैन् । विरामी बोकेका, जन्ती बोकेका सवारी साधन समेत भारतीय एसएसवीले जान दिदैन् ।
तर भारतीय प्राइभेट गाडीहरु भने नेपालका कुना कुनामा पुगिरहेका छन् । पहुँच र हचुवाँको भरमा भन्सारका लागि प्रशासनले सिफारिस गर्ने गरेको छ । अत्यावश्यक काममा समेत एसएसवीले नेपालीहरुलाई जान दिदैन तर नेपालमा भने भारतीय नम्वर प्लेटका सवारी निर्वाध घुमिरहेका छन् यो कस्तो नियम हो ? सर्वसाधरणको प्रश्न छ । उनीहरु भन्दै थिए पहुँचवालालाई सम्मान सानातिनालाई दुख कहिलेसम्म ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *