नेपालगन्ज, १ पौष – कोरोना संक्रमित कञ्चनपुरकी एक २८ वर्षीया गर्भवती महिलाको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ ।
शुक्लाफाँटा १० कञ्चनपुरकी ती महिलाको कोहलपुर मेडिकल कलेजमा राति १ः१५ बजे मृत्यु भएको हो ।
उनलाई स्वास्थ्यमा समस्या देखिएपछि सेती अस्पतालमा मंसिर २५ गते भर्ना गरिएको थियो । त्यसको भोलिपल्ट कोरोना रिर्पोट पोजेटिभ देखिएको र स्वास्थ्यमा समेत गम्भिर समस्या आएको थियो ।
मंसिर २६ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएकी २८ वर्षिय गर्भवती महिलालाई रोग प्राकृति अनुसार सम्पूर्ण उपचार गर्दा समेत स्वास्थयमा सुधार नभई मंसिर ३० गते राती १ः१५ बजे मृत्यु भएको बाँके फोकल पर्सन तेज वलीले बताउनुभयो ।
मृतकको शव व्यवस्थापनका लागि डिसिसिएमसि बाँके, नेपाली सेना र पारिवारिक पक्षसित समन्वय गरिने तैयारी भईरहेको जनाइएको छ ।
यो सहित बाँके जिल्ला भित्र बाहिर जिल्लाका मृत हुनेहरुको संख्या ७० पुगेको छ ।