
नेपालगन्ज, २८ मंसिर – बाँकेमा आज आईतवार २८ जना कोरोना संक्रमितहरु डिस्चार्ज घर फर्किने भएका छन् ।
बिभिन्न आइसोलेशनमा बसेका १० महिला र १८ पुरुष गरी जम्मा २८ जना कोरोना संक्रमितहरु स्वास्थ्य भई डिस्चार्ज हुने भएका छन् ।
पौष १८ गते कोरोना संक्रमित भई १० दिने आईसोलेशनमा बसी आज आईतबार संक्रमण मुक्त भई डिस्चार्ज हुने भएका छन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेहरुको संख्या ३ हजार ९ सय ६४ पुगेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन तेज वलीले जनाउनु भएको छ ।
हालसम्म बाँकेमा ४ हजार १ सय ५५ जनामा कोभिड–१९ कोरोना संक्रमण देखिएको छ भने कोरोनाका कारण बाँकेका ४१ जनाको मृत्युु भइसकेको जनाइएको छ । हाल विभिन्न आईसोलुसनमा १ सय ७५ जना कोरोना संक्रमितहरु उपचाररत रहेको फोकल पर्सन वलीले बताउनुभयो ।
