Thursday, March 12सत्यम खबर
Shadow

व्यापारीहरुको निर्वाचनमा कुनै पनि प्यानललाई समर्थन नगरेको दाबी- राजपाको बिज्ञप्ति

नेपालगञ्ज । राजपा बाँके ले नेपालगंजमा शहिद हरु लाई सम्झिदै बलिदानि दिवसको उपलक्ष्यमा दिप प्रज्वलन गरेको छ ।
मधेशी ,मुस्लिम,दलित,थारु,आदिवासी,जनजाती एव राज्यद्वारा उत्पीडित उपेक्षित,अपहेलित जनताको हकहितमा समानता,समाबेशिक सहभागिता,संघीयता,धर्मनिर्पेक्षता एव पहिचानका निम्ति आफ्नो जीवनको आहुती दिने बिर सहीद हरु को सम्झना गर्दै संयुक्त सहीद दिवस मनाएको छ ।

साथै सो कार्यक्रमा राष्ट्रिय जनता पार्टी नेपाल बाँकेले उद्योग बाणिज्य संघको निर्वाचनमा कुनै पनि प्यानललाई समर्थन नगरेको प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ ।
नेपालको ऐतिहासिक नगरी नेपालगन्ज बाँकेमा उद्योग वाणिज्य संघको माघ ११ गते हुने निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपाल बाँकेले साझा प्रजातान्त्रिक समूह लाई समर्थन गरेको भनी फैलिएको भ्रामक समाचार प्रति राष्ट्रिय जनता पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै दिप प्रज्वलन कार्यक्रममा प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ ।

उद्योग व्यापार संघको निर्वाचनमा राष्ट्रिय जनता पार्टी ले निर्वाचनमा कुनै पनि प्यानल(समूह)लाई समर्थन नगरेको र राष्ट्रिय जनता पार्टी नेपाल उद्योगि व्यापारीहरुको हकहितको लागि सदा तयार रहेको राष्ट्रिय जनता पार्टीका अध्यक्ष गिरिजा प्रसाद पाठक द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
राष्ट्रिय जनता पार्टीका जिल्ला वरिष्ठ नेता फिरोज हलवाइ र अन्य नेताहरुलाई कार्यवाही भएको भ्रामक प्रचारको समेत खण्डन गर्दै पार्टीको मङ्सिर २५ गते देखि गिरिजा प्रसाद पाठक अध्यक्ष भएको समेत उल्लेख गरीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *